Logo

२०८३, श्रावण २७गते


images
images

समुद्रपारी

अभावलाई अवसरमा बदलिरहेकी सन्ध्या

अभावलाई अवसरमा बदलिरहेकी सन्ध्या

images
  • अभावलाई अवसरमा बदलिरहेकी सन्ध्या
    images
    images

    नवलपरासी प्रतापपुरकी सन्ध्या अर्याल बाल्यकालदेखि आजसम्मै विभिन्न कठिनाइहरूको सामना गर्दै अघि बढिरहेकी पात्र हुन् । जीवनमा आउने कठिनाईहरुलाई उनले सिकाईको अवसरको रुपमा प्रयोग गरिन् । हरेक अभावलाई अवसरमा बदल्दै अघि बढेकी उनी अहिले कतारस्थित औसाज एकेडेमीमा काम गरिरहेकी छन् ।

    images
    images
    images

    वि.सं. २०४५ साल असार ४ गते भारतको मुम्बई, अँधेरीमा जन्मिएकी सन्ध्याको बाल्यकाल आर्थिक चुनौतीले भरिएको थियो । बुवा रामप्रकाश र आमा सावित्री अर्यालको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएकी सन्ध्याको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनका धेरै इच्छाहरूमा बाधा प¥यो । स्याङ्जाको अरमर्माडी बोर्डिङबाट प्रारम्भिक शिक्षाको यात्रा सुरु गरेकी सन्ध्याले क्रमशः रणबिर माध्यमिक विद्यालय, नवलपरासीको आदर्श मावि हुँदै २०६० सालमा वाल्मिकी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा उत्तीर्ण गरिन् ।

    images
    images
    images

    पढाइप्रति गहिरो रुचि हुँदाहुँदै पनि आर्थिक अभावले उनको त्यो सपना निरन्तर चुनौतीपूर्ण बनायो । परिवारका अन्य प्राथमिकताहरू र दैनिक आवश्यकताहरूलाई ध्यानमा राख्दै अध्ययनलाई निरन्तरता दिन उनलाई निकै संघर्ष गर्नुप¥यो । गाउँमा जन्मिएर शिक्षाको महत्व बुझेकी सन्ध्याले त्यतिबेला आवश्यक शैक्षिक सामग्री र अवसरहरू पाउन गाह्रो थियो । कहिलेकाहीं सँगैका साथीहरूले ल्याएका नयाँ किताब र कापीहरू देख्दा उनलाई रहर लाग्थ्यो । तर आर्थिक स्थितिले उनलाई सधैं आफ्नो सीमाभित्रै बाँधेर राख्थ्यो ।

    images
    images
    images

    माध्यमिक शिक्षा पूरा गरेपछि सन्ध्याले आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्थिन् । उच्च शिक्षाको सपना बोकेर बुटवलमा आईए पढ्न जाने योजना थियो, तर परिवारको आर्थिक अवस्थाले उनलाई त्यो अवसरबाट टाढिन बाध्य बनायो । आर्थिक अभावका कारण पढ्ने÷नपढ्ने दोधारमा रहेकी उनलाई काठमाण्डौमा रहेका आफन्तले काममा सघाउने सर्तमा पढ्ने खर्च उपलब्ध गराउने प्रस्ताब राखे । सन्ध्याको लागि अरु कुनै विकल्प थिएन । पढाइप्रतिको अठोट अनि आफ्नो सपना पूरा गर्ने सोंच बोकेकी उनले उक्त प्रस्ताव स्वीकार गरिन्, र काठमाडौं तर्फ लागिन् । २०६१ सालमा काठमाडौं पुगेर उनले बिहान क्याम्पसमा अध्ययन गर्ने र दिउँसो पाटनमा आफ्नो आफन्तको घरमा काम गर्न थालिन् । थोरै समय र सीमित साधनका बीच पनि आफ्नो पढाइलाई निरन्तरता दिदैं उनले स्नातक तह पुरा गरिन् ।

    बाल्यकालदेखि नै दुःख कष्ट र अभाव झेलेकी सन्ध्यालाई आफ्नो विगत खासै सम्झन मन लाग्दैन । उनी भन्छिन् ‘सानोको कुरा सम्झिँदा उदेक लागेर आउँछ । विगत सम्झदा मनमा चोट लागेसरी दुःखाई हुन्छ । त्यतिबेलाका स–साना खुसीहरू पनि अभावका ठूल्ठूला चट्टानहरूले थिचिएका थिए ।’

    अध्यन पुरा भएपछी उनी राजधानीमै आफ्नो करियरको खोजीमा थिइन् । यो क्रममा उनले आफन्तको घर छाडेर छुट्टै कोठा खोजेर बस्न थालिन् । आफन्तको साथ छाडेपछि उनलाई काठमाडौंमा एडजस्ट हुन भनेजस्तो सजिलो थिएन् । कतिपटक त पैसा बचाउन निम्ति आफु कोटेश्वरदेखि पाटनसम्म पैदल हिड्दै जाने गरेको उनले सुनाईन् ।

    छुट्टै डेरामा बस्ने निर्णय सन्ध्याको लागि आत्मनिर्भर बन्ने दिशामा उठाइएको पहिलो कदम थियो । कोठा भाडा र काठमाडौंको बसाईलाई सहज बनाउन उनी ‘हर्बल’ नामक कम्पनीका सामान लिएर बिक्रिका लागि घर घर पुग्थिन । त्यो समय उनले कहिले होटलमा वेटरको काम गरिन् त कहिले बजारमा सेल्स गर्लको रुपमा । बिहान चार बजे उठेर कोठाको काम सकेर काममा जाने र राति थकाइले लखतरान भएपछि कोठामा फर्कने उनको दैनिकी हुन्थ्यो ।

    छुट्टै डेरामा बस्ने निर्णय सन्ध्याको लागि आत्मनिर्भर बन्ने दिशामा उठाइएको पहिलो कदम थियो । कोठा भाडा र काठमाडौंको बसाईलाई सहज बनाउन उनी ‘हर्बल’ नामक कम्पनीका सामान लिएर बिक्रिका लागि घर घर पुग्थिन । त्यो समय उनले कहिले होटलमा वेटरको काम गरिन् त कहिले बजारमा सेल्स गर्लको रुपमा । बिहान चार बजे उठेर कोठाको काम सकेर काममा जाने र राति थकाइले लखतरान भएपछि कोठामा फर्कने उनको दैनिकी हुन्थ्यो ।

    सन्ध्याका संघर्षका दिन-रात विस्तारै बर्षमा बित्दै थिए । यसैक्रममा आफन्त र समाजले उनको विवाहको कुरा उठाउन थाले । पढाइ र करियरमा केन्द्रित हुन थालेकी सन्ध्याका लागि विवाह गर्ने निर्णय सजिलो थिएन । तर, समाज र परिवारको दबाबले उनलाई आफ्नो इच्छा विपरीत यो कदम उठाउन बाध्य बनायो । आफन्तको पहलमा, उनलाई एउटा प्रस्ताव आएको थियो, र धेरै छलफलपछि, सन्ध्या विवाह गर्न सहमत भइन् ।  उनले भनिन्, ‘मन त पटक्कै थिएन । तर, जीवनसँग सम्झौता गर्न बाध्य भएँ ।" २०६७ सालामा सुर्खेत घर भएका एकजनासँग काठमाडौँको एउटा मन्दिरमा साधारण तरिकाले उनको विवाह भयो ।

    नेपाली समाजमा एकल महिलाप्रति हुने दृष्टिकोण प्रायः सहानुभूति र समर्थनभन्दा बढी आलोचना र प्रश्न उठाउने खालको हुन्छ । सन्ध्याले पनि त्यस्तै अनुभव गरिन् । मानिसहरू उनलाई अलग भएकी महिला भनेर मात्रै होइन, असफल सम्बन्धको दोषीझैं व्यवहार गर्थे । ति दिन सम्झदै उनले भनिन् ‘मैले जे सहेर, जे कारणले मेरो सम्बन्ध टुट्यो, त्यो कसैलाई थाहा थिएन । तर, समाजले मेरो जीवनको मूल्याङ्कन आफ्नो सोँचका आधारमा ग¥यो ।’

    विवाहपछि एक छोरीकी आमा बनेकी सन्ध्याको जीवनले झन् जटिल मोड लियो । श्रीमान्सँगको सम्बन्धमा तालमेल नमिलेपछि उनी आफ्नो बाटो अलग गर्न बाध्य भइन् । सन्ध्या भन्छिन्, ‘विवाहले मलाई खुसी दिनुभन्दा धेरै पीडा दियो । तर, यसले मलाई झन् बलियो बन्न सिकायो । म आफ्नै खुट्टामा उभिन र छोरीको भविष्य सुरक्षित गर्न प्रतिबद्ध बनेँ ।’

    २०६९ सालमा श्रीमान्सँग अलग भएपछि उनको जीवनको अर्को अध्याय सुरु भयो । एकल महिलाको पहिचानले उनलाई व्यक्तिगत रूपमा मात्रै होइन, सामाजिक रूपमा पनि ठूलो चुनौतीको सामना गर्न बाध्य बनायो । नेपाली समाजमा एकल महिलाप्रति हुने दृष्टिकोण प्रायः सहानुभूति र समर्थनभन्दा बढी आलोचना र प्रश्न उठाउने खालको हुन्छ । सन्ध्याले पनि त्यस्तै अनुभव गरिन् । मानिसहरू उनलाई अलग भएकी महिला भनेर मात्रै होइन, असफल सम्बन्धको दोषीझैं व्यवहार गर्थे । ति दिन सम्झदै उनले भनिन् ‘मैले जे सहेर, जे कारणले मेरो सम्बन्ध टुट्यो, त्यो कसैलाई थाहा थिएन । तर, समाजले मेरो जीवनको मूल्याङ्कन आफ्नो सोँचका आधारमा ग¥यो ।’ तरपनि सन्ध्याले समाजको तितो दृष्टिकोणलाई आफ्नो कमजोरी बन्न दिइनन् । उनले आफ्नो निर्णयलाई छोरीको भविष्यसंग जोड्थिन र आफुलाई सम्हाल्थिन् । उनले भनिन्, "चारै तिरबाट म माथि लागेको बज्रपात र पिडाको चाङ्गले मन परिवर्तन भएर परदेशिने सोँच बन्यो ।"

    बाल्यकाल देखिनै नाच्न सिपालु सन्ध्यालाई कतारको एउटा कार्यक्रमका लागि निमन्त्रणा आयो । मैथिली साँझ नामक कार्यक्रममा नृत्यका लागि बोलाइएपछि उनले २०७१ मा पासपोर्ट बनाएर कतारको उक्त कार्यक्रम तर्फ लागिन् । नाच्नको लागि कतार पुगेकी सन्ध्याको उद्धेश्य त्यहाँ नाच्नु मात्र थिएन । जीवनमा पहिलो पटक बिदेशको पाईला टेकेकी उनी त्यहिँ जागिर खोजेर सेटल हुन चाहन्थिन । १० दिनको कतार बसाइमा सबैसँग बुझ्दा आफु जत्तिको मान्छे कतार आए राम्रो अम्दानी हुने र सेटल हुन सक्ने सुनिन् ।  उनले कतै आफुले भनेजस्तै काम पाइए वर्किङ्ग भिसा लगाएर त्यहीँ काम गर्ने निर्णय गरेकी थिईन्  । 'नृत्यको लागि उनी गएको कतारको उक्त कार्यक्रम भब्य भयो, उनले भनिन् ‘मेरो नृत्यको तारिफ मेरै कानसम्म आइपुग्यो ।’

    यसैक्रममा उनले कतारमा काम पाइन् । उनी नेपाल फर्किएर वर्किङ्ग भिसामा कतार आउने भइन् । उता नेपालमा भने उनकी आमाको स्वास्थ्य अवस्था बिग्रदो थियो । नेपाल पुगेर केहि समय आमा र छोरीसँग बिताएपछि सन्ध्याको पुन्ह कतार जाने मिति तय भयो । वर्किङ्ग भिसा लागेपछि उनले त्यहाँ जानको लागि दुई लाख ५० हाजर रुपैंया लाग्ने भयो । उनले ऋण खोजेर पैसा तयार गरिन् ।

    विदेशिने दिन नजिकिएर भिसाको पर्खाइमा बसेकी उनी निकै उत्साहित थिइन् । उनले भनिन्, 'जीवन कहिल्यै सोँचे जस्तो भएन । धेरै पढ्छु र केहि गर्छु भन्दा अवसर भेटिएन । केहि गर्न साथ खोज्दा घात मात्र मिल्छ । समयको अन्तरालपछि आफ्नो परिपक्वता देखाउने र जिम्मेवारी पूरा गर्ने एउटा कर्तव्य आयो अनि परदेशिने विकल्प नभएर रोजगारीको लागि कतार जाने आँट गरेँ ।’ उनले थपिन्, ‘स्नात उत्तीर्ण गर्दा जति खुसी थिएँ, त्योभन्दा बढी खुसी पासपोर्टमा भिसा लाग्दा भए ।  कलाकार बनेर कतार पुगेको १० दिनमा नेपाल फर्केकी उनी अझ अर्को १० दिन बित्दा नबित्दै कामदारको रुपमा पुन: कतार पुगिन् । 

    कतार त उनी पुगिन तर जुन कम्पनीमा उनले काम गर्छु भनेर गएकी थिइन्, त्यो कम्पनीको मालिक जेल परेर उक्त कम्पनी कतार सरकारले बन्द गरिदियो । उनको भिसा रद्द भयो र पुनः भीजिट भिसा लगाउन पर्नेभयो । अब के गर्ने र कता जाने ?  उनले केहि टुंगो लगाउन सकिरहेकी थिइनन् । घरपरिवार र आफन्तको माया मनमा राखेर आफ्नो जन्मभूमिलाई चाँडै आउँछु भन्दै कतार पुगेकी उनी बिचल्लीमा परिन् । देश छाडेको  तिन चार वर्षमा ऋण तिर्छु अनि केहि पैसा जम्मा गरेर नेपालमै व्यापार गरेर परिवारकै साथमा बसौंला भन्ने उनको ईच्छामा कुठाराघात भयो ।  नेपालमा रहँदा कतार आउनु हामी सहयोग गछौं भनेकाहरु पनि उनलाई समस्या परेपछि टाढिए ।

    भनिन्छ, 'दुःख पर्दा सबैले साथ छाडेपनि भगवानले हेर्छन् ।' कतारमा भएका नेपालीहरुको सहयोग नपाएपनि उनलाई परदेशीहरुले मद्दत गरे । कतारमा रहेको थारु कल्याणकारी संस्थाले उनलाई त्यहाँ हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा स्टेज दिएर केही समयका लागि राहत दिने काम ग¥यो । अन्य नेपाली संघसंस्थाहरुले आयोजना गर्ने विभिन्न कार्यक्रममा पनि उनलाई नाच्न बोलाइन्थ्यो ।  तर त्यहाँ पाउने पारिश्रमिकले उनलाई दैनिकी चलाउन समेत हम्मेहम्मे पथ्र्यो ।

    भविष्यको सपना बोकेर समुन्द्रपारी पुगेकी सन्ध्यालाई यतिमै सिमित भएर हुँदैनथ्यो, त्यसैले उनी भिजा परिवर्तनको विकल्प खोज्न लागिन् । उनी भन्छिन्, ‘केहिदिन भौतारिदै काम खोज्दै गर्दा एकजना साथी मार्फत कतारको स्थानीय मान्छेको सम्पर्कमा पुगें । आफ्नो समस्या बताइसकेपछि ति व्यक्तिले भिसा परिवर्तन गराइदिने भए ।’ करिव एक बर्षको अन्तरालमा भिजा रिन्यु भएपनि उनलाई भिजाको पैसा तिर्नको लागि पनि भरपर्दौ काम आवश्यक थियो । कामको खोजिमा रहेकी उनलाई कतारको एक कम्पनिमा सेल्स गर्लको रुपमा काम गर्ने अवसर मिल्यो ।

    सन्ध्याको कथा मात्र व्यक्तिगत होइन, यो हजारौं नेपाली महिलाको प्रतिनिधि आवाज हो । जसले  आफ्नो परिश्रम र आत्मविश्वासले समाजको परिभाषा बदल्न प्रयत्नरत छन् । उनी भन्छिन – ‘जिन्दगी हरहिसाबबाट निस्किने कुरा पनि होइन । हर क्षण जो बितिरहेको छ, त्यो फर्केर आउँदैन, तैपनि हामी त्यति संवेदनशील भएर हरेक क्षणलाई उपयोग गर्ने चेतनाको सदुपयोग गर्न सकिरहेका छैनौँ  ।’

    कामको अनुभव बटुल्दै गएकी सन्ध्यालाई त्यो कामले पुग्छ भन्ने लाग्दैनथ्यो । त्यसैले उनी गरिरहेको कामको अलावा अर्को थप कामको बारेमा बुझिरहेकी हुन्थिन् ।  उनी भन्छिन्, ‘परिवार सँग बस्दा काम गरे नगरेको पत्तै हुदैनथ्यो । कुनैदिन आमा अहिले सकेकी छैन, पछि गरौँला भने पनि हुन्थ्यो, थकाइ लाग्दा छुट हुन्थ्यो । तर विदेश त्यस्तो हुँदैन रहेछ । बिगतका दिन सम्झिदै उनले भनिन्, 'कति बजे उठ्ने र खाना के पकाएर लाने ? कति बेला काममा जाने ? मनमा चिन्ता यति मात्र हुने गथ्र्यो ।

    कलाकार कुनै पनि देशको गहना हुन । तर नेपाली कलाकार सन्ध्या कामदार बनेर कतार पुगेको ८ वर्ष पुगिसक्यो  ।  यो आठ बर्षमा उनको जीवनमा ठूलो परिवर्तन आएको उनी महशुस गर्छिन् । यो विचमा उनको आर्थिक अवस्थामा समेत सुधार आएको छ । अहिले उनले मासिक नेपाली एक लाख रुपैयाँ कमाउँछिन् । तर एउटी आमाको मन न हो, ऋणको भारी र थुप्रै दुःख कष्टको सामना गर्दै अघि बढेकी सन्ध्यालाई अब आफ्नी छोरीको भविष्यबारे चिन्ता लाग्न थालेको छ । उनी भन्छिन्, ‘मेहनत र धैर्यताबाट आफुमाथि रहेको ऋण त चुकाउन सफल भएँ तर आफ्नो काँधमा रहेको १२ बर्षिय छोरीको जिम्मेवारीले बेलाबेलामा झस्काउने गर्छ ।'

    सन्ध्याको कथा मात्र व्यक्तिगत होइन, यो हजारौं नेपाली महिलाको प्रतिनिधि आवाज हो । जसले  आफ्नो परिश्रम र आत्मविश्वासले समाजको परिभाषा बदल्न प्रयत्नरत छन् । उनी भन्छिन – ‘जिन्दगी हरहिसाबबाट निस्किने कुरा पनि होइन । हर क्षण जो बितिरहेको छ, त्यो फर्केर आउँदैन, तैपनि हामी त्यति संवेदनशील भएर हरेक क्षणलाई उपयोग गर्ने चेतनाको सदुपयोग गर्न सकिरहेका छैनौँ  ।’

    जिन्दगीमा असन्तुष्टि बोकेर हिँड्न नहुने धारणा राख्ने उनी बिगतलाई सम्झेर अगाडीको बाटो तय गर्नुपर्ने तर्क राख्छिन् । उनी भन्छिन्, ‘बैराग्य बोकेर घरपरिवार, इष्टमित्र र संसारलाई परित्याग गर्न हुँदैन । र जीवनलाई सार्थक बनाउनका निमित्त हरेक मान्छेले आफ्नो प्रयत्न जारी राख्नुर्छ ।’ उनी जीवनको संघर्षमा आत्मविश्वास कायम राख्यो भने सफलता आफै आउने विश्वास राख्छिन् ।

    जतिसुकै विकसित र आफूले आफैलाई सम्पन्न ठान्ने देशमा दिन कटाए पनि देश प्रतिको मायालाई मुटुभरिको सजाएर राखेकी उनले देशको आर्थिक उन्नतिको प्रतिक्षा गरिरहेकी छन् । उनी भन्छिन्, ‘कैयौं सक्षम युवाहरु देशमा अवसर नपाएर विदेशिएका छन् ।’ उनी प्रश्न गर्छिन्, ‘वर्तमान अवस्थाबाट देशलाई निकास दिने सक्षम नेतृत्व कहिले आउला ? दक्ष जनशक्तिले कहिले आफ्नै देशमा रोजगारी पाउला ? गरिब दुखीले कहिले सुख पाउँछन् होला ? अन्यायमा परेकाले कहिले न्याय पाउलान् ?’ सन्ध्या अहिले पनि स्वदेशमा फर्केर केही स्थायी व्यवसाय सुरु गर्न चाहन्छिन्, तर त्यसको वातावरण कहिले बन्ला भन्ने उनलाई चिन्ता छ । परदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा गएर सदुपयोग गर्न प्रतिक्षारत सन्ध्यालाई त्यस्तो वातावरण छिट्टै मिलोस् । शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।