Logo

२०८३, श्रावण २७गते


images
images

समुद्रपारी

विदेशले नबिर्साएको मुक्तिरामको पत्रकारिता मोह

विदेशले नबिर्साएको मुक्तिरामको पत्रकारिता मोह

images
  • विदेशले नबिर्साएको मुक्तिरामको पत्रकारिता मोह
    images
    images

    जीवन भनेको कहिल्यै नटुङ्गिने यात्रा हो, जहाँ हरेक मोडमा चुनौतीहरु हुनेगर्छन् । त्यस्ता चुनौती पार गर्नको लागि मानिसले संघर्षलाई आत्मसाथ गर्नुपर्ने हुन्छ । देशदेखि समुन्द्रपारीसम्म यस्तै संघर्ष र चुनौतीको चाङ्गहरुलाई पार गर्दै अघि बढिरहेका पात्र हुन् - देवदहका मुक्तिराम पोखरेल ।

    images
    images
    images

    बुवा बेनिमाधव र आमा दुर्गादेवी पोखरेलको कोखबाट २०३६ साल साउन ११ गते मुक्तिरामको जन्म भयो । तत्कालीन करहिया गाविस, हालको तिलोत्तमा नगरपालिका–८ मा जन्मिएका उनको परिवार २०३८ सालमा तिलोत्तमाबाट देवदहको सेमरानामा बसाइँ  सर्यो  ।  

    images
    images
    images

    मुक्तिराम पोखरेलको बाल्यकाल चुनौतीहरूको सामना गर्दै बित्यो । गरिबीले उनलाई संघर्ष गर्न सिकायो । उनले भोगेका कठिनाइहरुले उनलाई सशक्त र अनुशासित बनायो । बाल्यकालमा नै उनले बुझिसकेका थिए कि जीवनमा केही गर्ने हो भने संघर्ष अपरिहार्य छ ।

    images
    images
    images

    कृषिमा आश्रित परिवारमा हुर्किएका मुक्तिरामको बाल्यकाल प्रकृतिको न्यानोपन अनि साधारण गाउँलेपनले भरिएको थियो । गरिबीको चपेटामा जन्मिएर पनि, मुक्तिरामले कहिल्यै आफ्नो सपनाको पंख कट्न दिएनन् । उनले हरेक चुनौतीलाई अवसरमा बदल्दै, संघर्षलाई आफ्नो सारथी बनाएर अघि बढे । २०४३ सालमा मुक्तिरामको परिवार केरवानी गाविसमा स्थायी रुपमा बसाइँ सरेपछि त्यहाँको परिवेशले उनलाई कामप्रति इमान्दार र जीवनप्रतिको दृष्टिकोणलाई अझ गहिरो बनायो ।

    शिक्षा मुक्तिरामको लागि केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम थिएन यो उनको जीवनलाई परिमार्जन गर्ने एक शक्तिशाली उपकरण थियो । उनले प्रारम्भिक शिक्षा जनजागृत प्राथमिक विद्यालय सुनवल–७ तरगौलीबाट प्राप्त गरे । महामाया भवानी मावि, देवदहबाट एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाको लागि बुटवल लागे । बुटवल बहुमुखी क्याम्पसमा आईए भर्ना भएसंगै उनलाई पत्रकारितामा रुचि लाग्यो । बाल्यकालदेखि नै बोल्न र लेख्ने कलामा उत्कृष्ट रहेका मुक्तिरामले अध्ययनको क्रमसँगै रेडियो लुम्बिनीमा पनि काम गर्न थाले ।

    पत्रकारीताप्रति उनको लगाव यतिसम्म थियो कि, बिहान रिपोर्टिङ गर्न निस्कने उत्साहले उनलाई रात पनि लामो लाग्थ्यो । उनी भन्छन्, ‘रातीमा म कमै सुत्ने गर्थें, कहिले बिहान होला र फेरी समाचार सङ्कलनको लागि गाउँतिर निस्कन पाइएला भन्ने सोँचाइले रातभर पिरोल्थ्यो ।’

    पत्रकारितामा रुचि भएकाले उनलाई सामाजिक न्याय, समुदायको आवाज र ग्रामीण परिवेशको प्रतिनिधित्व गर्ने अवसर मिल्यो । उनको शिक्षा केवल पाठ्यपुस्तकमा मात्र सीमित थिएन उनले जीवनका हरेक संघर्षलाई आफ्नो शिक्षा र बौद्धिक सम्पत्ति बनाउँदै अघि बढे ।

    पत्रकारीताको यात्रा :

    पोखरेलले पत्रकारिता यात्रामा गरेको संघर्षको कुरा अहिले सुन्दा कथा जस्तै लाग्ने गर्छ । हुन पनि २ दशक यता प्रविधि र यसको विकासलाई हेर्ने हो भने २०५७ सालमा उनले रेडियो लुम्बिनीबाट सुरु गरेको रेडियो पत्रकारीता अहिलेको अवस्थासँग तुलना गर्न नमिल्ने भैसकेको छ । अनि त्यसमा रहेर गरिने पत्रकारीता कम चुनौतीपूर्ण थिएन ।

    द्धन्द्धको चपेटामा परेको नेपाली जनजिवनमा राज्य र विद्रोही  दुवैपक्षको निशानामा पत्रकारहरु पर्दथे । अझ मुक्तिराम जस्ता ग्रामिण भेगमा रहेर त्यहाँको विषय उठान गर्ने र सूचना सम्प्रेषण गर्नेहरुलाई त द्वन्द्वकालमा अत्याधिक चुनौती हुनेगथ्र्यो । पत्रकारहरूलाई दुवै पक्षबाट दबाबमा राखिएको थियो । सरकारले राज्य विरोधी भनिएका समाचार सम्प्रेषण नगर्न निर्देशन दिन्थ्यो भने विद्रोही पक्षले आफ्नो विचारधारालाई समर्थन नगरेको खण्डमा आक्रमण गर्ने धम्की दिन्थे ।  

    उनी भन्छन्, ‘गाउँका जनताको आवाज सहरमा सुनिनुपर्छ, नत्र ती आवाजहरू सदाका लागि हराउँछन् । त्यसैले मैले त्यतिवेला देवदह क्षेत्रमा ग्रामिण पत्रकारीताको जग बसालेको हुँ ।’

    पत्रकारीतामा होमिएका मुक्तिरामलाई ग्रामीण जनताको आवाज शहरसम्म पु¥याउने जिम्मेवारी थियो । देवदह र सुनवल वरपरका क्षेत्रमा पत्रकारिता गर्नेहरु निकै कम थिए । पत्रकार नभएका होइनन्, तर धेरै सहर केन्द्रित पत्रकारिता गर्ने प्रचलन थियो । पोखरेलले पत्रकारितालाई जनताको पक्षमा बोल्ने सशक्त माध्यमको रूपमा प्रयोग गर्दै गाउँका समस्या उजागर गर्न थाले । अहिले पनि उनी भन्छन्, ‘गाउँका जनताको आवाज सहरमा सुनिनुपर्छ, नत्र ती आवाजहरू सदाका लागि हराउँछन् । त्यसैले मैले त्यतिवेला देवदह क्षेत्रमा ग्रामिण पत्रकारीताको जग बसालेको हुँ ।’ सामाजिक न्यायको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढेका उनले आफुले पत्रकारीता गर्नेबेला विभेद अन्यायका विरुद्ध शसक्त रुपमा कलम चलाएको बताए ।

    रेडियो लुम्बिनीबाट पत्रकारीता सुरु गरेका मुक्तिरामले रेडियोसंगै बुटवलबाट प्रकाशित हुने दैनिक लुम्बिनी, मेचीकाली लगायत पत्रिकामा समेत रिपोर्टिङ गर्थे । त्यतिबेलाको पत्रकारिता प्रविधिको पहुँचमा थिएन । उनी दिनभर समाचार सङ्कलन गर्थे अनि बेलुका साइकल चलाएर १८ किलोमिटर दुरी पार गर्दै समाचार फ्याक्स गर्न कहिले सुनवल त कहिले बुटवल पुग्थे ।

    समाचार सङ्कलन गरेर समयमै रेडियोमा पठाउनु उनका लागि चुनौती भए पनि, उनले यो दैनिक संघर्षलाई आफ्नो जिन्दगीको हिस्सा बनाएका थिए । उनलाई पत्रकारिता आफ्नो  पेशा मात्र मात्र नभएर नशा जस्तै लागेको थियो ।

    बिगत सम्झँदै मुक्तिराम भन्छन्, ‘म ६ महिनामा फर्किन्छु भनेर बिदेश आएको थिएँ । तर पत्तै नपाई बिदेशिएको दुई दशक बितिसकेछ ।’ उनले थपे यो २ दशक बढिको परदेशी बसाइले पनि मलाई अझै पूर्ण रूपमा देशको माटो बिर्साउन सकेन ।’

    पत्रकारीताप्रति उनको लगाव यतिसम्म थियो कि, बिहान रिपोर्टिङ गर्न निस्कने उत्साहले उनलाई रात पनि लामो लाग्थ्यो । उनी भन्छन्, ‘रातीमा म कमै सुत्ने गर्थें, कहिले बिहान होला र फेरी समाचार सङ्कलनको लागि गाउँतिर निस्कन पाइएला भन्ने सोँचाइले रातभर पिरोल्थ्यो ।’ जनताको आवाजलाई शहरसम्म पु¥याउने आफ्नो जिम्मेवारीलाइ उनले कहिले हलुका रूपमा लिएका थिएनन् ।

    उनको लेखनमा समाजको वास्तविकता, गरिबी र संघर्षको चित्रण हुन्थ्यो, जसले पाठकहरूलाई वास्तविकता नजिक पु¥याउँथ्यो । समाजका असल पक्षहरूलाई उजागर गर्दै गलत क्रियाकलापहरू विरुद्ध आवाज उठाउन उनले कहिल्यै हिच्किचाएनन् । पत्रकारिता यात्रा सुरु गर्दा उनले थुप्रै कठिनाइहरूको सामना गर्नुप¥यो । त्यतिबेला उनलाई न त पर्याप्त स्रोतसाधन थियो, न त संस्थागत समर्थन नै । तर, उनी आफ्नो कर्मप्रति दृढ रहे ।

    उनका समाचार पत्रीकामा छापिएपछि र रेडियोमा गुञ्जिन थालेपछि, देवदह क्षेत्रका जनताको आवाजले नीति निर्माताका कान र आँखा सम्म मात्र पुगेनन्, उनीहरूको समस्या समाधानको लागि आवाज पनि उठ्न थाले । ‘केरवानी गाविस र १० वर्ष’ नामक पुस्तकमा सम्पादकको भूमिकामा रहेका मुक्तिराम पोखरेलले केरवानी गाउँपालिकाको १० वर्षे यात्रा, जनप्रतिनिधिहरूको योगदान, विकास परियोजनाहरू, र स्थानीय शासनको प्रभावलाई समेट्ने प्रयास गरेका छन् ।

    अध्यापनसंगै पत्रकारीता :

    बुबा आमाको उमेर ढल्किदै थियो । परिवारको आर्थिक अवस्था खस्कदो थियो । पत्रकारिताको तलब खाजा खर्चमै सीमित हुँदा, उनले विद्यालयमा पढाउने निर्णय गरे  । उनले  २०५६ सालमा देवदहको एसियन लाइट ईङ्लिस बोर्डिङ स्कूलमा अध्यापन सुरु गरे । उनी बिहान बुटवल क्याम्पस पढ्न जान्थे, दिउँसो स्कुल पढाउथे र बाँकी समय पत्रकारितालाई दिने गर्थे । जागीर खाएपछि स्थिती सहज हुने आशा गरेका उनले जति सोचे, त्यो हुन सकेन । स्कूल पढाएर आउने तलबले घर खर्च त चलायो, तर लागेको ऋण तिर्न भने सकस भयो । मुक्तिराम भन्छन् ‘त्यतिबेला मेरो जीवनमा चुनौतीको चाङ भरिए जस्तै लाग्थ्यो । आर्थिक समस्याकै कारण पढाइलाई पनि बिचमै बिट मार्नुपर्ने स्थिती बन्यो । अवस्था यस्तो बन्यो कि, मैले स्नातक पढ्दापढ्दै बिचमै अध्ययन छाडे ।’

    बिदेसिने निर्णय 

    अध्ययन छाडेपनि पोखरेलले आफ्नो जीवनयापनको विकल्प खोजिरहेका थिए । एक दिन उनकी सहकर्मी उमा ढकाल (जो पछि उनकी श्रीमती बनिन्) ले उनलाई एउटा साथीको कुरा सुनाइन् । जसको श्रीमान् कतारको एक कम्पनीमा कार्यरत थिए । सो कम्पनीमा रोजगारको अवसरबारे उमा मार्फत थाहा पाएपनि सुरुमा त उनलाई त्यहाँ जान मनले मानेन । तर घरपरिवार र अन्य साथीहरुको सल्लाहमा अन्ततः उनले बिदेश जाने निर्णय गरे । बिगत सम्झँदै मुक्तिराम भन्छन्, ‘म ६ महिनामा फर्किन्छु भनेर बिदेश आएको थिएँ । तर पत्तै नपाई बिदेशिएको दुई दशक बितिसकेछ ।’ उनले थपे यो २ दशक बढिको परदेशी बसाइले पनि मलाई अझै पूर्ण रूपमा देशको माटो बिर्साउन सकेन ।’

    जब उनी पहिलो पटक कतार पुगे, त्यतिबेला उनलाई लाग्यो, छोरा मान्छे भएर रुन हुँदैन भन्ने धारणा गलत रहेछ । कामबाट फर्केपछि उनी कैयौ पटक कोठा थुनेर भक्कानो छोडेका छन् ।

    सरकारले पासपोर्ट अनि नगरिकता बनाउने घुम्ती शिविर सञ्चालन गरेका बेला २०६० सालमा मुक्तिरामले पासपोर्ट बनाएका थिए । कतारको एउटा कम्पनीमा पासपोर्ट बुझाएर भिसाको पर्खाइमा रहेका उनको २०६१ साल पौषमा बैदेशिक रोजगारीमा जाने पक्का पक्की भयो । जब उनी पहिलो पटक कतार पुगे, त्यतिबेला उनलाई लाग्यो, छोरा मान्छे भएर रुन हुँदैन भन्ने धारणा गलत रहेछ । कामबाट फर्केपछि उनी कैयौ पटक कोठा थुनेर भक्कानो छोडेका छन् । आफुलाई आफैले सम्हालेको बताउने मुक्तिरामले पछि थोरै चिज पाउन थुप्रै कुरा छोड्नुपरेको तर, बाध्यतासँग कहिल्यै हार नखाने अठोट गरे ।  अनि चट्टान जस्तै बलियो भएर उभिएका उनी आफ्नो र परिवारको अवस्था परिवर्तन गर्ने संकल्पमा लागे ।

    विदेशको संघर्ष अनि परिवारको माया 

    त्यतिबेला इन्टरनेटको पहुँच नभएका कारण टेलीफोनमा प्रति मिनेट पैसा तिरेर कल गर्नु पथ्र्यो । परिवारसँग मुस्कीलले हप्ता दिनमा कुरा हुन्थ्यो । करिव दुई वर्ष कतारमा बिताएपछि उनी बिदामा घर गए । २०६२ माघ ८ गते उनी सुनवल–७ ज्यामिरे निवासी उमा ढकालसँग विवाह बन्धनमा बाँधिए । वैवाहिक बन्धनमा बाँधिएको धेरै समय नबित्दै उनको छुट्टी सकिएपछि पोखरेल आफ्नो कर्म भुमी कतार फर्किए । पोखरेलले श्रीमती उमा आफ्नो हिम्मत, साहस र मार्गनिर्देशक भएको बताउँछन् ।

    पहिले सानो छँदा आकाशमा जहाज देख्दा, उनलाई लाग्थ्यो, म कहिले यो चढ्छु होला ? अनि गाउँलेहरु जस्तै कहिले बिदेश जान्छुहोला ? तर आजभोली मुक्तिरामलाई आकाशमा उडेका जहाज देख्दा कहिले घर फर्कने होला, भन्ने लाग्छ ।

    पहिले सानो छँदा आकाशमा जहाज देख्दा, उनलाई लाग्थ्यो, म कहिले यो चढ्छु होला ? अनि गाउँलेहरु जस्तै कहिले बिदेश जान्छुहोला ? तर आजभोली मुक्तिरामलाई आकाशमा उडेका जहाज देख्दा कहिले घर फर्कने होला, भन्ने लाग्छ । उनी भन्छन् ‘वर्षौं बितिसक्क्यो  परिवारसँग बसेर खुसी र आनन्दको साथ दशैं, तिहार मनाउन नपाएको । जहिले पनि हतार हतारको छुट्टीका बिच चाडपर्वहरु बित्छन् ।’ पर्व मनाउन गएका बेला परिवारसंगै बसेर दशै र तिहार मनाएको पल याद आउने भएपनि छुट्टिका दिनहरू कति छिटो बित्छन्न् उनलाई पत्तै हुदैन । उनको परदेशी जीवनको दुःख र संघर्ष गहिरो छ । सफलताको लागि कडा परिश्रम र मेहनत अनिवार्य शर्त ठान्ने उनी विदेशमा अझै कति समय पसिना बगाउनुपर्ने हो भन्ने चिन्ता गर्छन् ।

    वैदेशिक यात्रा मुक्तिरामको लागि आर्थिक रूपमा सशक्त बन्ने प्रयास थियो । तर विदेशी भूमिमा उनले आर्थिक सफलता मात्र जीवनको उद्देश्य होइन, आफ्नो पहिचान र माटो प्रतिको माया नै साँचो सम्पत्ति हो भन्ने कुरा सिके । यो सिकाइले उनलाई आत्मनिर्भरता, अनुशासन र धैर्यवान् बनायो । उनी कमाउनको लागि भौतिक रुपमा कतारमा रहे तर उनको मन भने सधैं आफ्नै मातृभुमिको माटोको सम्झनामा डुबिरह्यो । विदेशको खालिपन र आफ्नो माटोप्रतिको प्रेमले उनलाई सँधैं घर फर्कने आकांक्षी बनाइरहेको छ ।

    नेपाल फर्केर फेरी पत्रकारीता गर्ने रहर :

    आफ्नो जीवनको करिव साढे चार दशक बिताएका मुक्तिरामले विदेशी भूमिमा रहँदा समेत आफ्नो पत्रकारिताका पुराना दिनलाई अझै भुलेका छैनन् । देशको अवस्था केही सुधारिएपछि मुक्तिराम नेपाल फर्कने योजनामा छन् । अहिले उनको आर्थिक अवस्था पनि सुधारिएको छ । एक छोरा र छोरीका बाबु उनी आफ्ना छोराछोरीको राम्रो शिक्षादिक्षा र उज्वल भविष्यको कल्पना गरिरहेका छन् ।

    देशमा गरेको पत्रकारिता र परदेशमा बिताएका वर्षहरूले उनलाई समाजका विभिन्न पाटाहरूको गहिरो ज्ञान र अनुभव दिएका छन् । लामो समयदेखि विदेशमा बसेपनि देशको माटो र पत्रकारितालाई उनी आजपनि उत्तिकै माया गर्छन  । उनी नेपाल फर्किएर पुन: पत्रकारिता गर्न चाहन्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।