गुल्मी । व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन" । १८ औं निजामती सेवा दिवस गुल्मीदरबार गाउँपालिकामा विविध कार्यक्रम सहित सम्पन्न गरिएको छ ।
गुल्मीदरबार गाउँपालिकाको धार्मिक, पौराणिक, ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको रेसुङ्गा जाने बाटोमा रहेको गुल्मीदरबार गाउपालिकाको पर्यटकिय क्षेत्र भुवाने पार्क अगाडिको खाली जग्गालाई आकर्षक बनाउने योजना सहित निजामती राष्ट्रसेवक कर्मचारीले वृक्षरोपण गरिएको गुल्मीदरबार गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
गाउँपालिकाको केन्द्र रहेको गौडाकोट बजारमा सरसफाई कार्यक्रम, गाउँ कार्यपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सम्मान कार्यक्रम, माक्स वितरण र गाउँपालिकाको सभाहल वरिपरि वृक्षरोपण गरिएको छ ।
गाउँपालिकाका कर्मचारीहरुबीच मैत्रिपूर्ण भलिवल खेल, गाउँपालिकाका महिला कर्मचारीहरु विच म्युजिकल चेयर र महिला कर्मचारीहरुको सम्मानमा दरखाने कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले वृक्षरोपण कार्यको शुभारम्भ गरेका थिए । गाउँपालिकाका कार्यवाहक अध्यक्ष मिना भण्डारी लगायत जनप्रतिनिधि पनि वृक्षरोपण कार्यक्रममा सहभागी भएको बताइएको छ ।
भुवाने पार्क परिसर र सभाहल परिसरमा धुपी , पारिजात, कोल्की सहित अन्य बिरुवा रोपिएको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्याल, सामाजिक विकास शाखा प्रमुख नवराज घिमिरे, सुचना अधिकृत शुरेश खनाल स्वास्थ्यकर्मीहरु लगायत गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीले वृक्षरोपण गरेका थिए।
व्यवसायिक र सिर्जनशील प्रशासन; बिकास, समृद्धी र सुशासनको नारासहित यो दिवस देशभर मनाइएको छ ।
वि सं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले पहिलो पटक निजामती सेवा ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउन थालिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology