देवदह । रुपन्देहीको देवदह -७ मा केन्द्रिय कार्यालय रहेको कोलिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको छ । शेयर सदस्यहरुलाई उत्प्रेरणात्मक कार्यक्रम, रक्तदान कार्यक्रम तथा जेष्ठ नागरिक शेयर सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण संस्थाले स्थापना दिवस मनाएको हो ।
बुधबार देवदह -७ स्थित ॐ दर्शन पार्टी प्यालेसमा आयोजना गरिएको
कार्यक्रमको मुल समारोहमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले पछिल्लो समय सहकारीमाथि गम्भीर प्रश्न उठेपनि देवदहका सहकारी संस्थाहरुमा अहिलेसम्म त्यस्तो गुनासो नआएको बताए ।
सहकारीले बचत मात्र संकलन गर्ने नभई आर्थिक सामाजिक कार्यमा समेत लाग्नुपर्ने र उत्पादनमूलक र उद्यमको क्षेत्रमा लगानी गरि नागरिकको आय आर्जनलाई सुधार गर्ने तर्फ समेत ध्यान दिन नगर प्रमुख खरेलले आग्रह गरे ।
त्यसैगरी स्थापना दिवसका अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७ पोइन्ट रगत संकलन भएको छ ।
सहकारीका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका संचालक टीका न्यौपाने, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, सहकारीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पौडेल, निवर्तमान अध्यक्ष शुबकान्त न्यौपाने, प्रकाश अर्याल, प्रमोद खनाल, जय किशन अधिकारी, प्रजापति सापकोटा, डिल्लिराज मरासिनी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology