देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहले शंकरपुर सेवाकेन्द्र स्तरीय १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारीका सदस्यहरु उत्पादनसंग जोडिनुपर्ने बताए । उनीहरुले सहकारीहरु पनि विधि र विधान अनुरुप संचालन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका सहभागीहरुले सहकारीले शेयर सदस्यलाई वित्तिय साक्षरता प्रदान गरी व्यवसाय उन्मुख बनाउनुपर्ने बताए । नियमित वचत गर्ने कार्यलाई बानीमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उनीहरुले आर्थिक अवस्था सुधार गर्नका लागि पनि नियमित बचतमा ध्यान दिन सेयर सदस्यहरुलाई आग्रह गरे ।
सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक परशुराम उपाध्याय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार सुभकान्त न्यौपाने, वडा नं १२ का वडा अध्यक्ष डेकबहादुर सारु मगर, सल्लाहकार जयकिशन अधिकारी, कोषाध्यक्ष हरि भण्डारी लगायतले बोलेका थिए । उपसमिति सदस्य दुरमान गुरुङ्गको स्वागत र संस्थाका ब्यवस्थापक विनोद पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
शंकरपुर सेवा केन्द्रमा लायन्स क्लव अफ देवदहको व्यवस्थापनमा स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ । मधुमेह र उच्च रक्तचाप परिक्षण गरिएको स्वास्थ्य शिविरमा १ सय ६३ जनाले स्वास्थ्य परिक्षण गराएको लायन्स क्लव अफ देवदहका प्रथम उपाध्यक्ष सिर्जना ओली सापकोटाले जानकारी गराइन् । कुल १३६० जना सेयर सदस्य रहेको उक्त सेवा केन्द्र स्तरीय साधारणसभामा ४४ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको छ ।
१८ हजार एक सय ७७ जना कुल सेयर सदस्य रहेको कोलिय देवदह साकोसको शंकरपुर सेवा केन्द्रबाट मुल साधारणसभा समारोहमा जानको लागि ६८ जना प्रतिनिधि समेत छनौट भएका छन् । संस्थाले मुल समारोह कार्यक्रम यहि असोज १९ गते देवदहको खैरेनीमा सम्पन्न गर्ने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology