Logo

२०८३, श्रावण २७गते


images
images

कोलिय देवदह सहकारीको तीन सेवा केन्द्रको वार्षिक साधारण सम्पन्न

कोलिय देवदह सहकारीको तीन सेवा केन्द्रको वार्षिक साधारण सम्पन्न

images
  • कोलिय देवदह सहकारीको तीन सेवा केन्द्रको वार्षिक साधारण सम्पन्न
    images
    images

    देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले ३ वटा सेवा केन्द्रको १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साकोसले युवा सेवा केन्द्र सियारी, रामपुर सेवा केन्द्र नवलपरासी, ढेकावर सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको हो । कोलिय सोकासले पहिलो चरणमा सेवा केन्द्रस्तरीय साधारण सभा गरीरहेको छ ।

    images
    images
    images

    सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी नीति र विधिमा संचालन हुनु पर्नेमा जोड दिएका थिए । उनीहरुले सहकारीहरुले आफनो शेयर सदस्यहरुलाई वित्तिय साक्षरता प्रदान गरी व्यवसायी बनाउन आवश्यक रहेको औल्याए । उनीहरुले बचतले मानिसलाई समृद्धि बनाउने भएकोले नियमित बचत गर्ने बानिको विकास गर्नु पर्नेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रमका वत्ताहरुले सहकारीबाट ऋण लिएर उद्यमी बन्न सकेमात्र आर्थिक रुपमा सवल हुने बताउदै सहकारीका हरेक सदस्य व्यवसायी बन्न आवश्यक रहेको औल्याएका थिए । पिताम्वर खरेलको अध्यक्षतामा भएको युवा संगम सेवा केन्द्रको साधारण सभामा संस्थाका अध्यक्ष ऋषिराम सापकोटा, पुर्वअध्यक्ष जयकिशन अधिकारी, रोमणि डुम्रे, शेयर सदस्य रोमबहादुर सोमरे लगायतले आ–आफना भनाई राखेका थिए । प्रेमबहादुर खड्काको स्वागत र खिमकली न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images

    यसैगरी धनप्रसाद भूषालको अध्यक्षतामा भएको रामपुर सेवा केन्द्रको साधारण सभामा जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष सुवकान्त न्यौपाने, सल्लाहकार विष्णुप्रसाद पौडेल, पुर्व कोषाध्यक्ष प्रजापति सापकोटा, कोषाध्यक्ष हरि भण्डारी, लेखा समिति सदस्य कोषबहादुर गुरुङ्ग, शेयर सदस्य सविता घिमिरे लगायतले आ–आफना भनाई राखे ।

    पार्वती श्रेष्ठको स्वागत र सह-व्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी लक्ष्मी सिग्देलको अध्यक्षतामा भएको ढेकावर सेवा केन्द्रको साधारण सभामा संस्थाका सचिव कृष्णराज पौडेल, सल्लाहकार ईश्वरी ढुंगाना, पुर्वकोषाध्यक्ष जागेश्वर पंगेनी, लेखा सदस्य कोषबहादुर गुरुङ्ग, पुर्व लेखा संयोजक गणेश डुम्रे, शेयर सदस्यहरु कमल पौडेल, बोधराज गौडेल लगायतले आ–आफना भनाई राखेका थिए । बार्षिक साधारण सभाको अवसरमा तिनवटै सेवा केन्द्रमा स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ ।

    रामपुर सेवा केन्द्रमा लायन्स क्लव अफ देवदहको व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मधुमेह, उच्च रक्तचापको स्वास्थ्य शिविरमा २ सय २५ जनाले स्वास्थ्य परिक्षण गराएको लायन्स क्लव अफ देवदहका सचिव पवन पौडेलले जानकारी दिए । यसैगरी ढेकावर सेवा केन्द्रमा रोटरी क्लव अफ देवदह र श्रीकृष्ण पोलिक्ििलनिकको व्यवस्थापनमा मधुमेह तथा उच्च रक्तचापको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    संस्थाको १९ औं बार्षिक साधारण सभाको अवसरमा जेष्ठ शेयर सदस्यहरुलाई नगरसहित सम्मान गरिएको व्यवस्थापक विनोद परालुलीले जानकारी दिए । मिना वस्नेतको स्वागत र व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोलिय देवदह साकोस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।