संजय गुरुङ, देवदह । अखिल क्रान्तिकारी रुपन्देहीले संगठनको जिल्ला सम्मेलनलाई नजिकिदै गर्दा धमाधम नगर र ईकाईका सम्मेलन गर्दै आएको छ । सोही क्रममा संगठनले देवदह नगरको नगर सम्मेलन समन्न गरेको छ । मंगलबार देवदहको शितलनगरस्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको सम्मेलनले शिव काफ्लेको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरेको छ ।
जसको उपाध्यक्ष, सचीव, सह-सचीव र कोषाध्यक्षमा क्रमश: बविता चापागाईं, धना पन्थी, गणेश भट्टराई र सन्जना ढकाल रहेका छन् । त्यसैगरी सदस्यहरूमा अनिषा कुवंर, कृष्ण क्षेत्री, समिक्षा अधिकारी, विपना घर्ती, आरति चौधरी, सुस्मा भण्डारी, संगिता कंडेल, सिमरन शर्मा, लक्ष्मण भट्टराई, अंजना मगर, अन्जु यादव लगायत रहेको संगठनले जनाएको छ ।
सम्मेलन संगठनका रुपन्देही संयोजक विष्णु खत्री, नेकपा माओवादी केन्द्र देवदहका संयोजक केदारनाथ काफ्ले, वाईसीएल देवदह नगर अध्यक्ष प्रशान्त गैरे, थानेश्वर लम्साल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology