Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्र गाउँपालिका गुल्मीको भवन शिलान्यास

रुरुक्षेत्र गाउँपालिका गुल्मीको भवन शिलान्यास

images
  • रुरुक्षेत्र गाउँपालिका गुल्मीको भवन शिलान्यास
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको प्रशासकीय भवनको सोमबार शिलान्यास भएको छ। निर्माण हुन लागेको सुविधासम्पन्न  भवनको गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले शिलान्यास गरेका हुन्। 

    images
    images
    images


    गाउँपालिकाको केन्द्र घ्युबेशीमा निर्माण हुन थालेको प्रशासकीय भवनको शिलान्यस गर्दै अध्यक्ष गौतमले निर्माण ब्यबसायीलाई समयमै गुणस्तरीय काम गर्न अनुरोध गरेका छन् । 

    images
    images
    images


    ६ करोड ३३ लाख २४ हजार ५ सय ९४ रुपैयाँ ५३ पैसामा  निर्माण हुन थालेको गाउँपालिकाका भवन निर्माणको ठेक्का राजेस्वरी कन्स्ट्रक्सन प्रालिले  पाएको छ। 

    images
    images
    images


    उक्त भवन २०८१ साल साउन १५ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ। 


    ठेक्का पाएको कम्पनीका संचालक भागवत गिरिले  ठेक्का सम्झौता अवधि करिब ३ बर्षको भएता पनि भवन निर्माण कार्य समय अवधि  भन्दा पहिले नै सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भवन निर्माण कार्यलाई गुणस्तरीय रुपले तीब्र बनाउने उनले बताए । 


    ठेक्का पाएको कम्पनीले कार्यालय भवन, त्यस अन्तर्गत खानेपानी, बिजुली, ढल,पेन्टिङ लगायत सम्झौतामा उल्लेख्य गरेका कार्यहरू गर्नेछ।


    कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष ,विभिन्न शाखाका कर्मचारी ,निर्माण ब्यबसायी लगायतको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रुरूक्षेत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।