काठमाडौ। त्रिभुवन विश्वविद्यालयले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन सुरु गर्दै छ । आजदेखि अनलाइन आवेदन भर्न सकिने बताइएको छ ।
२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।
यो अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको संख्या करिब ३० हजार रहेको बताइएको छ ।
त्रिविको सुचना अनुसार आगामी असोज २० गते भित्र फाराम भर्नुपर्ने छ । त्रिविले अब गर्न लागेको दीक्षान्त समारोह ४७ औं हो ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology