Logo

२०८३, श्रावण २७गते


images
images

रोहिणी सामुदायिक वनको साधारण सभा सम्पन्न

रोहिणी सामुदायिक वनको साधारण सभा सम्पन्न

images
  • रोहिणी सामुदायिक वनको साधारण सभा सम्पन्न
    images
    images

    देवदह । रोहिणी सामुदायिक वन उपभोक्ता समुह देवदहको १० औं साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष चन्द्र बहादुर रसाईलीको अध्यक्षतामा शनिवार भएको साधारण सभा उद्घाटन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले सामुदायिक वनले वनको संरक्षण र सदुपयोगमा उल्लेखनीय काम गरेको बताइन् । 

    images
    images
    images

     उपप्रमुख गुरुङ्ले सामुदायिक वनले वन र वाताबरण संरक्षण र गरिबी न्यूनिकरणको काम संगै समेत गरिरहेको बताइन् । देवदह नगरपालिकाले सामुदायिक वनहरुसंग सहकार्य गरेर काम गरिरहेको उनको भनाइ छ । 

    images
    images
    images

    सोही कार्यक्रममा देवदह ९ का वडा अध्यक्ष मोहन बहादुर जिसीले सामुदायिक वन सबैभन्दा ठुलो प्रजातान्त्रिक संस्था भएकोले सवै वर्ग र क्षेत्र समेटेर निति तथा कार्यक्रम बनाउनु पर्नेमा जोड दिए । उनले सामुदायिक वनले वन संरक्षणसँगै नदीजन्य पदार्थ संरक्षणमा समेत ध्यान दिन आग्रह गरे । 

    images
    images
    images

    साधारण सभाले अध्यक्ष चन्द बहादुर रसाईलीको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष श्याम थापाको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक हर्क बहादुर खत्रीको लेखा प्रतिवेदन पारित गरेको छ । 

    कार्यक्रममा २ जना जेष्ठ नागरिक, एसईईमा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थी, ५ वटा आमा समुहहरु र १० जना विद्यार्थीलाई नगद तथा प्रमाण पत्रले सम्मान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहिणी सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।