Logo

२०८३, श्रावण २७गते


images
images

रोहिणी सामुदायिक वनको ९औं साधारण सम्पन्न 

रोहिणी सामुदायिक वनको ९औं साधारण सम्पन्न 

images
  • रोहिणी सामुदायिक वनको ९औं साधारण सम्पन्न 
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० भलुहीमा रहेको रोहिणी सामुदायिक वनको ९औं साधारण सम्पन्न भएको छ ।  देवदहको भलुहीमा रहेको आफ्नै कार्यालयमा संस्था साधारण सभा सम्पन्न गरेको हो । 

    images
    images
    images

     कार्यक्रममा वक्ताहरुले समुदाय वन प्रती निर्भर रहने र राज्यले वन संग सम्बन्धित रहेर लिइने कर प्रणाली अव्यवस्थित भएको भन्दै सो प्रणालीलाई सुधार गर्नु पर्ने बताएका छन । उनिहरुले रोहिणी सामुदायिक वनले स्थानियको जीवन स्तर उकास्न धेरै सहयोग गरेको बताउँदै वन संरक्षण सबै महत्त्वपूर्ण भुमिका समुदायको नै रहने बताए । 

    images
    images
    images

    उक्त साधारण सभामा जेष्ठ नागरिक सम्मान, विद्यार्थी सम्मान तथा बन डढेलो निभाउन सहयोगी भुमिका निभाउन सहयोग गर्ने आमा समुहलाई प्रशंसा पत्र दोसल्लाले सम्मान गरिएको थियो ।

    images
    images
    images

     कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा बहादुर खत्री, जिल्ला बन कार्यालयका वन अधिकृत सन्दिप बासुकला, देवदह १० का अध्यक्ष यक बहादुर सुनार, देवदह ९ का अध्यक्ष मोहन बहादुर जिसी, तिलोत्तमा सव डिभिजन बन कार्यालयका प्रमुख सुर्य प्रसाद मैनाली, गांउ बन समन्वय सञ्जालका अध्यक्ष खेम नारायण अधिकारी, जन प्रिय माविका सहायक प्रधानाध्यापक बेद प्रसाद अधिकारी, जनप्रिय सामुदायिक बनका उपाध्यक्ष टेक बहादुर वि.क लगायतले मन्तव्य राखेका थिए । खुला सत्रको कार्यक्रम संस्थाका अध्यक्ष चन्द्र बहादुर रसाइलिको अध्यक्षता, संस्थाका उपाध्यक्ष निर्मल पराजुलीको स्वागत र स्याम रानाको संचालनमा सम्पन्न भएको थियो ।

    खुला सत्र सकिए लगतै आएका प्रतिवेदन माथी छलफल गरेर पारित गर्दै बन्द सत्रको समापन गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहिणी सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।