देवदह । बुद्ध युवा क्लब दृारा आयोजित प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता -२०७८ मा आज भएको खेलमा वडा नम्बर ९ घोडाहा आयोजक टिम ले जित हासिल गरेको छ।
आज भएको खेलमा वडा नम्बर ९ घोडाहा र वडा नम्बर ३ सेमरहना बिच भएको प्रतिस्पर्धा खेलमा आयोजक टिमले एक गोल गर्दै जित हासिल गरेको छ। आयोजक टिमका खेलाडी अशिम गुरुङ ले गोल गर्दै आफ्नो टिम लाई जित हासिल दिलाएको थियो भने आयोजक टिम गोलरक्षक जर्सी नम्बर १ ले रातो कर्डा पाएको थियो उक्त आयोजक टिम १० खेलाडी सहित खेलको खेलमा एक गोल जित हासिल गरेको थियो।
भोलि हुने खेलमा वडा नम्बर ५ (ए) टिम र वडा नम्बर ३ (बि) टिम बिच को प्रतिस्पर्धा खेल ठिक ३ बजे घोडाहा मैदानमा हुने भएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology