काठमाडौँ । आज देशभर १ हजार ७ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ७ सय ७३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ३ सय ५७ जना तथा ४ हजार ५ सय ६१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ३ सय ९९ जना गरी जम्मा १ हजार ७ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा २ हजार २ सय ७४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
कोरोना सङ्क्रमणबाट निको हुने दर ९४ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ । आज १ लाख ६४ हजार ३ सय २ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । आज कोरोना सङ्क्रमणबाट २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ८ सय ९ जना पुगेको छ ।
देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३३ हजार ६ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । जसमा ५ सय ४० जनाले आइसियु र १ सय ५६ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology