बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामापरी घाईते भएकाहरुको स्वास्थ्यवस्था बारे जानकारी लिएका छन् ।
बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुको अवस्था बारे जानकारी लिएका हुन । अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउँसो भएको दुर्घटनामा परी घाईते बिरामीहरुसंग भेट गर्दै उपचारमा कुनै कमी नहुनेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।
बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुलाई भेट गर्दै स्वास्थ्यवस्था बारे जानकारी लिएको मुख्यमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
सो क्रममा मुख्यमन्त्री आचाईले घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका छन् ।‘घाईतेहरुको उपचारमा कुनै कमी नहोस' सबै प्रकारको उपचार सेवा प्रदान गरिनुपर्छ’चिकित्सकहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले भने,‘घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिनुहोला ।’ दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाईते भएका थिए ।
घाइतेहरुको हाल उपचार भइरहेको छ, भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुवाहक अनियन्त्रित तवरले अघि बढ्दा यो दुर्घटना भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology