Logo

२०८३, श्रावण २७गते


images
images

आज देशभर २ हजार ४ जना कोरोना सङ्क्रमित थपिए

आज देशभर २ हजार ४ जना कोरोना सङ्क्रमित थपिए

images
  • आज देशभर २ हजार ४ जना कोरोना सङ्क्रमित थपिए
    images
    images

    काठमाडौँ ।आज देशभर २ हजार ४ जना कोरोना सङ्क्रमित थपिएका छन् । १० हजार ६ सय ५८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय १९ जना तथा ३ हजार ९ सय ९२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जना गरी जम्मा २ हजार ४ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

     

    images
    images
    images

     

    images
    images
    images

    गएको २४ घण्टामा १ हजार ८ सय ४६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । आज कोरोना सङ्क्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ८६ जना पुगेको छ ।देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३३ हजार ९ सय ४६ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

     

     

    जसमा ५ सय ४४ जनाले आइसियु र १ सय ६६ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यसैगरी आज १ लाख १ हजार ७ सय  जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ४६ लाख ७७ हजार ९ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    No photo description available.

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।