Logo

२०८३, आश्विन १०गते


images
images

ओली नेतृत्व सरकारले राम्रो काम गरिरहेको छ : देउवा

ओली नेतृत्व सरकारले राम्रो काम गरिरहेको छ : देउवा

images
  • ओली नेतृत्व सरकारले राम्रो काम गरिरहेको छ : देउवा
    images
    images

    भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् ।

    images
    images
    images

    आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत उल्लेख गरे ।

    images
    images
    images

    उनले भने ‘केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकार भएको कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ ।’

    images
    images
    images

    प्रधानमन्त्री ओलीलाई आफूले पनि सल्लाह, सुझाब दिएर सहयोग गरिरहेको बताउदै उनले विश्वमा जुनसुकै देशमा पनि सरकारको आलोचना हुने हुँदा यहाँ पनि विपक्षी पार्टीहरुले सरकारको आलोचना गर्नु स्वभाविक भएको उल्लेख गरे ।

    आलोचनालाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढङ्गले सरकारले ध्यान दिने उनको भनाइ थियो । सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापुर सहयोग रहने उनले उल्लेख गरे ।

    उनले विपक्षीबाट आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने औल्याए ।

    संयुक्त सरकार बनेपछि पार्टी पंक्ति पनि खुसी रहेको बताउदै उनले वर्तमान सरकारलाई सफल बनाउन कांग्रेस लाग्ने र सहमतिअनुसार नै सरकार सञ्चालन हुने उल्लेख गरे ।

    भक्तपुर नगरपालिकाले भक्तपुर बहुमुखी क्याम्पसमा डोजर लगाएको सन्दर्भमा सभापति देउवाले भने ‘भक्तपुरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ हुनुहुन्छ, जिल्लाका सबै पार्टीलाई मिलाएर लैजानु पर्ने उहाँको पनि दायित्व हो, भक्तपुर मात्रै हाम्रो हो भन्ने ठान्नुभएन र भक्तपुरमा जे पनि गर्न पाइन्छ भन्न पनि पाइदैन ।’

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कांग्रसले अहिले एमालेसँग सहकार्य र प्रतिस्पर्धा दुवै गरिरहेको बताए । उनले भने ‘कांग्रेस, एमालेको संयुक्त सरकार छ, त्यसर्थ हामी सहकार्यमा छौँ, तर वडा तहदेखि पालिका, प्रदेश र केन्द्रीय सरकारमा रहेका सबैले एमालेभन्दा राम्रो काम कसरी गर्ने भनेर काम र प्रगतिमा प्रतिस्पर्धा भइरहेको छ, त्यसैले सबै जनप्रतिनिधिदेखि मन्त्रीसम्मले राम्रो काम गरेर देखाउन पर्छ ।’

    कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, पार्टीका बागमति प्रदेश सभापति इन्द्र बाँनियाँ, जिल्ला सभापति तथा सङ्घीय सांसद दुर्लभ थापा, जिल्ला नेता रबीन्द्र प्रधान, यादव अधिकारीलगायतले कांगे्रसले जनतामा छाएको निराशालाई चिर्दै जनतामा आशाको किरण छर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # D
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।