Logo

२०८३, आश्विन ९गते


images
images

साफ च्याम्पियनसिप फाइनलको टिकट एन्फा आफैले विक्री गर्न

साफ च्याम्पियनसिप फाइनलको टिकट एन्फा आफैले विक्री गर्न

images
  • साफ च्याम्पियनसिप फाइनलको टिकट एन्फा आफैले विक्री गर्न
    images
    images

    काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ।

    images
    images
    images

    नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो।

    images
    images
    images

    जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीको स्थिति आर्मी हेडक्वाटरको गेट बाहिर विक्री गरिने एन्फा उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक दीपक खतिवडाले जानकारी दिए ।

    images
    images
    images

    एन्फाले साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गरिने बताइएको छ। साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर तोकिएको छ। दशरथ रंगशालामा १५ हजार ४ सय दर्शक क्षमता रहेको एन्फाका प्रतियोगिता संयोजक सन्जिव मिश्रले जानकारी दिएका छन्।

    एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालि सँगको सम्झौता रद्द भएको जानकारी दिदैं उपाध्यक्ष खतिवडाले ३० लाख रुपैयाँ प्राप्त गरेको र ५० लाख रुपैयाँ प्राप्त गर्न बाँकी रहेको बताए ।

    एन्फाले ८० लाख रुपैयाँमा माउण्ट एभरेष्टसँग सम्झौता गरेको थियो।माउण्ट एभरेष्टले खल्तीबाट भौतिक रुपमा टिकट विक्री गर्दै आएको थियो।
    खल्तीबाट फाइनलका लागि विक्री भएको टिकट साधारणतर्फ ४ हजार १ सय तथा भिआइपीतर्फ १ हजार रद्द गरिएको एन्फाले जनाएको छ। सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि बस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।