Logo

२०८३, आश्विन ९गते


images
images

साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने

साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने

images
  • साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने
    images
    images

    काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ का दुई खेल हुँदैछ । आज माल्दिभ्स र भुटान तथा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

    images
    images
    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १ बजे हुने पहिलो खेलमा माल्दिभ्स र भुटान खेल्नेछन् । यस्तै, अपराह्न साढे ५ बजे नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

    images
    images
    images

    समूह ‘बी’ मा हाल नेपाल २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको माल्दिभ्स सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ ।

    images
    images
    images

    अहिलेसम्म नेपाल, भुटान र श्रीलंका तीनवटै देशको सेमिफाइनल सम्भावना कायमै रहेको छ ।

    आज नेपालले श्रीलंकासँग बराबरी खेले मात्रै पनि सेमिफाइनलको यात्रा तय गर्नेछ । यस्तै, भुटानले पनि बराबरी खेले पुग्नेछ ।

    जारी प्रतियोगितामा समूह ‘ए’बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् । पाकिस्तान भने समूह चरणबाट बाहिरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनसिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।