Logo

२०८३, श्रावण २७गते


images
images

भ्रमणमा झण्डै १२ लाख सकाएको देवदह नगरपालिकाको बैठकमा ३ लाखको नास्ता 

भ्रमणमा झण्डै १२ लाख सकाएको देवदह नगरपालिकाको बैठकमा ३ लाखको नास्ता 

images
  • भ्रमणमा झण्डै १२ लाख सकाएको देवदह नगरपालिकाको बैठकमा ३ लाखको नास्ता 
    images
    images

    देवदह  । देवदह नगरपालिकाले गत आर्थिक बर्षमा जनप्रतिनिधि र कर्मचारीको भ्रमणमा मात्रै झन्डै १२ लाख सकाएको छ  । नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिको भ्रमण र त्यसवापतको भत्तामा ११ लाख ४५ हजार ८०१ रुपैया खर्च गरेको हो । 

    images
    images
    images

     

    images
    images
    images

    त्यसैगरी, देवदह नगरपालिकाको कार्यपालिका बैठकमा खाईएको नास्ताको मुल्यमात्रै ३ लाख १ हजार २५५ रहेको छ । गत आर्थिक बर्षमा २२ पटक कार्यपालिकाको बैठक बसेको थियो । २२ वटा बैठकको नास्तामा उक्त रकम खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासेले बताए ।

    images
    images
    images

     

    साथै, देवदह नगरपालिकाले नगर अधिवेशनमा २ लाख ६२ हजार ६२५ रुपैयाँ खर्च गरेको छ  । उक्त अधिवेशनमा अधिकांश नगरपालिकाका कर्मचारी र केही मिडियाकर्मी लगायतलाई सम्मान गरिएको थियो । उक्त सभामा शिक्षकलाई सम्मान नगरीएकोमा केही शिक्षकले सामाजिक संजालमै असन्तुष्टि व्यक्त गरेका थिए ।

     

    देवदह नगरपालिकाका स्थानीय जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकमा ४ करोड १ लाख १७ हजार १६७ रुपैया खर्च भएको छ । जसमा जनप्रतिनिधिको पारिश्रमिक १ करोड ६४ लाख ५९ हजार ८४४ रहेको छ भने कर्मचारीको २ करोड ४६ लाख ५७ हजार २२३ रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।