Logo

२०८३, श्रावण २७गते


images
images

तहस नहस भयो शिक्षा, सबैको पहुँचमा छैन अनलाईन कक्षा 

तहस नहस भयो शिक्षा, सबैको पहुँचमा छैन अनलाईन कक्षा 

images
  • सेतोमसी सहकर्मी
  • तहस नहस भयो शिक्षा, सबैको पहुँचमा छैन अनलाईन कक्षा 
    images
    images

    कृष्ण अन्जान, रुरु । काेभिडले सबैभन्दा असर शैक्षिक क्षेत्रलाई गरेकाे छ र विध्यार्थीहरुलाई पढाइ र विध्यालयहरु सपना बनेका छन ।

    images
    images
    images


    गाउँ घरका अधिकाँश विद्यालयका प्रांगणमा लेउ लागेका छन भने कक्षाकाेठा अगाडि झार उम्रेका छन । करिव डेढ वर्ष देखि विध्यालय लगभग बन्द छन र नाममात्रकाे शिक्षाका भरमा विध्यार्थीहरुलाई क्लास चढाउने काम भएकाे छ जस्काे कारणले विध्यार्थीहरुमा पढ्नु पर्छ भन्ने भावनामा कमि आएकाे छ ।

    images
    images
    images

     

    images
    images
    images

    याे राज्यको वाध्यता हाे । रुरुक्षेत्रका बयालिस सामुदायिक विध्यालय र यहाँ रहेका निजि विध्यालयहरु मध्ये केहिले अनलाईन कक्षा त केहिले टेलिफाेन कक्षा सन्चालन गरेका छन तर सुविधा र अार्थिक समस्याका कारण सबै विध्यार्थीकाे पहुँचमा याे सँभव देखिएकाे छैन ।


    कक्षा काेठामा अध्ययन अध्यापनकाे बानि परेका शिक्षक र विध्यार्थीलाई अनलाईन कक्षाकाे सिकाई अर्थहिन देखिएकाे छ ।


    विध्यार्थिहरु सबै अनलाईनमा समेटन्न गाह्रो भएकाे छ ईन्टरनेटकाे अभाव पहुँच विध्यार्थीहरुसँग माेवाईलकाे अभाव बिजुलीकाे अनिश्चितता धेरै समस्यासँग जुध्न परिरहेको रिडी माध्यमिक विध्यालयका प्रधानध्यापक राेहित भण्डारीकाे भनाई छ ।


    माेवाईल भएका स्राेत साधन भएका विध्यार्थीहरु पनि नियमित अनलाईन क्लासमा आउँदैनन बरु माेवाईलमा गेम खेल्न, फेसबुक र टिकटक तिर ध्यान दिने पढाईमा ध्यान नदिएकाे पाईएकाे छ । सबैका घरघर पुग्न सँभव नभएकाे प्रधानध्यापक भण्डारीकाे भनाई छ ।


    कक्षा काेठामा पढाउने र पढ्ने बानि परेकालाई शिक्षक जुममा बर्बराई रहने तर विध्यार्थीले शिक्षककाे अध्यापन शैलि नबुझेकाे गुनासाे धेरै विध्यार्थीहरुकाे छ ।


    त्यसाे त रुरुक्षेत्रका विध्यालयहरुले घुम्तिकक्षाहरु पनि सन्चालन नगरेका हाेईनन तर काेभिडले सबै उपायहरुमा बिर्काे लगाई दिएकाे छ ।

     

    त्यसै त परम्परागत शिक्षा प्रणाली सिकाईमा व्यवहारिक ज्ञानकाे अभाव र पेन्सन बस्ने बेला भईसकेर पनि विध्यालय धाउँदै गरेका शिक्षकहरु लाई अन्लाईन कक्षाकाे प्रविधि बुझ्न र पढाउन सकस भएकाे छ र याे अवस्थामा विध्यालय हरु मात्र आफ्नाे औपचारिकता निभाउने काममा लागेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।