Logo

२०८३, आश्विन ९गते


images
images

वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन

वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन

images
  • वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको   निधन
    images
    images

    काठमाडौं । प्रगतिशील साहित्यिक आन्दोलनका प्रखर व्यक्तित्व वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षको उमेरमा आज विहान आफ्नै निवास कालिकास्थानमा निधन भएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    छ दशकभन्दा बढी समय नेपाली साहित्य र प्रगतिशील चिन्तनमा सक्रिय साहित्यकार आनन्ददेव भट्टका काव्य, खण्डकाव्य, समालोचना र आत्मपरक निवन्धलागयतका विधाका साँढे दुई जर्दनभन्दा बढी कृतिहरु प्रकाशित भएका छन् ।
    उहाँका साँइलीमैया, आमा बोलाउँछिन्, ९७ साल लागायतका कृतिहरु चर्चित रहेका छन् ।

    images
    images
    images

     

    माक्र्सवादी चिन्तन र बौद्धिक विर्मशमा क्रियाशील भट्ट लामो समयदेखि अल्जाइमर रोगबाट थलिनुभएको थियो ।
    १९९३ सालमा जुम्ला जिल्लामा जन्मनुभएका भएका भट्ट प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।

     

    भट्टको शब अन्तिम श्रद्धान्जलीका लागि पशुपति आर्यघाटमा राखिने र आजै अन्तिम संस्कार गरिने प्रगतिशील लेखक संघका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले जानकारी दिए  ।
    स्वर्गीय भट्टका श्रीमती र दुई छोराहरु छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आनन्ददेव भट्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।