युवा कवि तथा लेखक अस्मित रेग्मीले आफ्नो पहिलो र्याप गीत "अल्बिदा" सार्वजनिक गरेका छन्।
यसअघि कथा, कविता, मुक्तक र उपन्यास बाचन गरेर ख्याती बटुलिरहेका देवदहका अस्मितले यस गीतमार्फत आफ्नो सृजना र संगीत यात्रामा नयाँ सुरुवात गरेका हुन्।
"अल्बिदा" गीतले व्यक्तिगत संघर्ष, सम्बन्धहरूमा आएको बिछोड, र विदाईको पीडा मार्मिकताका साथ प्रस्तुत गरेको छ। यो गीतलाई उनले आफ्नै युट्युब च्यानल ASMIT13 युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । २ दिन अघि सार्वजनिक गरिएको यो गीतलाइ युट्युबमा २६ हजार बढिले हेरेका छन् भने श्रोता तथा दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
गीत हेर्न यहाँ जानुहोस्
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology