Logo

२०८३, आश्विन १०गते


images
images

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

images
  • हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
    images
    images

    गोरखा । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । 

    images
    images
    images

    आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए । 

    images
    images
    images

    बाजागाजासहितको र्‍याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौंको हनुमान ढोका दरबारमा पु¥याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन  छ ।

    images
    images
    images

    गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।