काठमाडौं । १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा खेल्ने नेपाली टोली घोषणा भएको छ ।
मंगलवार नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा गरेको हो । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा रहेका छन् ।
प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते रहेको छ । दोस्रो खेलमा कार्तिक १७ मा अस्ट्रेलियासॅंग खेल्नेछ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजनगरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन्। श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् ।
सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेकटोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
नेपाली टोली :
सन्दीप जोरा(कप्तान), लोकेस बम, नारायण जोशी, प्रतिस जिशी, राशिद खान, दीपेन्द्र रावत र विवेक यादव
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology