Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्डसँग एकै समूहमा

नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्डसँग एकै समूहमा

images
  • नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्डसँग एकै समूहमा
    images
    images

    काठमाडौं । आगामी महिना हुने १९ औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा नेपाल अस्ट्रेलिया र इङ्ग्ल्यान्डसँग एकै समूहमा परेको छ ।

    images
    images
    images

    द हङकङ क्रिकेट सिक्सेसले बुधबार गरेको समूह विभाजनमा नेपाल अस्ट्रेलिया र इङ्ग्ल्यान्डसँग एकै समूहमा परेको हो ।

    images
    images
    images

    प्रतियोगिताको खेल तालिका पनि बुधवार नै जारी भएको छ । प्रतियोगितामा नेपालको पहिलो खेल इङ्ग्ल्यान्डसँग कार्तिक १६ गते रहेको छ । भने दोस्रो खेल कार्तिक १७ मा अस्ट्रेलियासँग रहेको छ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

    images
    images
    images

    प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कार्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागीता रहेको छ । सहभागी १२ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।

    समूह ए मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ, समूह सी मा भारत, पाकिस्तान र युएई तथा समूह डीमा श्रीलंका, बंगलादेश र ओमान रहेका छन् ।

    प्रतियोगिताको साविक विजेता दक्षिण अफ्रिका हो । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । 

    नेपालको मुख्य क्रिकेट टोली विश्वकप लिग टुको त्रिकोणात्मक सिरिजका लागि सो समयमा अमेरिकामा रहने हुँदा नेपालको दोस्रो रोजाईको टोली यस प्रतियोगितामा सहभागी हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।