Logo

२०८३, आश्विन १०गते


images
images

होली पर्व : हनुमानढोकामा तीनतले चीर ठड्याइयो

होली पर्व : हनुमानढोकामा तीनतले चीर ठड्याइयो

images
  • होली पर्व : हनुमानढोकामा तीनतले चीर ठड्याइयो
    images
    images

    काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रवार विहान तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने गरिन्छ । 

    images
    images
    images

    आज बिहान ८ : ३३ बजेको शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याए र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् । आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ । 

    images
    images
    images

    चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा चीर ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होली पर्व शुरु भएको मानिने जानकारी दिए । होली पर्व असत्यमाथि सत्यको जितको प्रतिकका रुपमा पनि मान्ने गरिएको उनको भनाई छ ।

    images
    images
    images

    यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होली पर्वको सार्वजनिक बिदा दिइएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।