अनिष पन्थी, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरमा आगलागी हुदा घरगोठ जलेर नष्ट भएका छन् । अम्मरपुरको जैथुम बागदुलामा जंगलबाट सल्केको आगोका कारण नजिकै रहेका घरगोठ जलेको बताइएको छ। । आफुहरु आगलागी भएको ठाउँमा भएपनि नियन्त्रणमा लिन नसकिएको स्थानीय रेशम कुँवरले जानकारी दिएका छन् ।
आगलागीका कारण धन बहादुर बि.ककाे घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ भने नम बहादुर बिक, टिका बहादुर चुदाँरा र नम बहादुर चुदाँराकाे गोठ जलेर नष्ट भएका छन । आगलागीका कारण ४ बङ्गला पुर्णरूपमा क्षती भएको बताइएको छ ।
आगलागी दिउँसो १२ बजेबाट जंगलमा लाग्न सुरु गरेको थियो । आगाे नियन्त्रण बाहिर छ । हावाहुरीका कारण आगलागी नियन्त्रण बाहिर रहेको स्थानीय कुँवरले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology