कृष्ण अन्जान, रुरु । कृषि प्राविधिक पढ्दै गरेका रुरुक्षेत्र १ च्यूरेकका ओमकार ज्ञवाली घरमै बसेर अनलाईनमा आफ्नाे पढाइ गर्नु हुन्छ तर समस्या बिजुलीकाे छ ।
रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेककाे बिजुली अापुर्तिकाे समस्या यति यति धेरै छ कि सामान्य हावा चल्दा र पात हल्लिएसँगै बिजुलि गईहाल्छ ।
करिव तीस घण्टा बिजुली अापुर्ति बन्द भएपछि अनलाईन कक्षा पढ्ने ओमकार ज्ञवाली जस्ता विध्यार्थीहरु मारमा छन ।
साविक रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न १ मा विस्तार गरिएकाे बिजुलीले करिव दुई दशक पूरा गर्दैछ तर मर्मत संभारमा सम्वन्धित निकायले ध्यान दिन सकेकाे छैन । मक्किएका काठका पाेलहरु, लत्रिएका बिजुलीका तार कतै हरिया रुखहरुसँग तार जाेडिएकाे अवस्था र कतै टाउकाे मै ठाेकिएला जस्तै खुल्ला तार यहि हाे च्यूरेक गाउँकाे बिजुलीको अवस्था ।
याे क्षेत्र बिजुलीले झिमिक झिमिक आँखा झम्कयाउन थालेकाे धेरै भाे तर यसबारे कसैकाे चासाे छैन ।
स्थानिय निकायकाे निर्वाचन अगाडी बिजुलीमा मर्मत सँभारकाे काेष थियाे । कहाँ बिजुली बिग्रेकाे छ तुरुन्त बन्थ्याे तर स्थानीय निकायकाे निर्वाचन पछि च्यूरेकमा बिजुली अस्तव्यस्त भयाे स्थानिय बिजुलीका प्राविधिक समेत रहेका घनश्याम ज्ञवालीकाे भनाई छ ।
रुरुक्षेत्र ३ काे थानपतिमा वडाले स-शुल्क प्राविधिककाे व्यवस्था गरेकाे छ । कहाँ विग्र्याे, कहाँ पात रुख हाँगा काट्नु पर्छ, कहाँ मर्मत गर्नु पर्छ छिनभरमै सबै हुन्छ । सबै पाेलहरु फलामका छन ।
तर रुरुमा कसैलाई सराेकार छैन बिजुली गए मलाई भन्छन । म पनि कति दिन स्वयंसेवा गर्न सक्छु र घनश्याम ज्ञवालीकाे गुनासाे छ ।
च्यूरेकमा बितरण हुने बिजुलीको ट्रान्सर्फमर स्यालपाेखरीमा जिर्ण अवस्थामा मात्र हाेईन नजिक जान समेत जाेखिम छ ।
यहि च्यूरेककाे नेटाईपाेखरीमा करिब तीन वर्ष देखि ट्रान्सर्फमर फर्मर गाडिएकाे छ तर प्रयाेग भएकाे छैन राज्यको याे सम्पति । यसरी उपयाेग बिहिन भएर रहँदा कसैकाे ध्यान जाँदैन ।
काम किन भएन भन्ने कुराकाे सबैसँग ठेकेदार भागेकाे भन्ने रेडिमेड उत्तर छ । ठेकेदार भाग्नुसँग जनतालाई सराेकार छैन । आम जनता त सहज रुपमा विजुली आपुर्ति हाेस भन्ने चाहन्छन ।
कताकति देखाउन फलामका पाेल गाडिएका छन याे गाउँमा । तर वर्षौँ पुराना काठका पाेलहरुले तार जाेखिम अवस्थामा धानेका छन ।
बिजुली नआएपछि सम्वन्धित निकायमा कुरा राख्दा एक दुई जनाकाे बिजुली काट्दैमा हामीलाई केही फरक पर्दैन भन्दै बिजुली अफिसका मान्छेहरुले धम्काउँदै हिँडेकाे स्थानीयको गुनासाे छ ।
बिजुली पानी टेलीफोन र पछिल्लो पटक जनताका आधारभुत आवस्यक्ता भित्र पर्छन तर तिनै आधारभुत आवस्यक्ताका भौतिक पुर्वाधारलाई दिगाे बनाउन किन सम्बन्धित निकाय जिम्मेवार छैन ।
कहिलेकाही लाईन जानू त स्वाभाविक छ तर छिनछिनमा झिपिक झिपिक लाईन गैरहँदा यसक्षेत्रमा अनलाईन कक्षा पढ्ने बिध्यार्थी यहाँ रहेका स्थानिय तथा राष्ट्रिय मिडियाका कार्यालयका पत्रकार, अनलाईन पढाउने शिक्षक सबै प्रभावित भएका छन ।
बेलैमा बिजुलीको बिल तिर्नु आम नागरिककाे कर्तव्य हाे र नागरिकले बिजुली किनेर बालेका छन । किनेर बालेकाे बिजुलीकाे मर्मत सँभारकाे जिम्मेवारी सँम्बन्धित निकायकाे हाे । यतिबेला आक्राेश मात्र व्यक्त गरेका आम च्यूरेकवासिहरु मिटर बक्स उखेलेर विधुत अफिस अगाडि धर्ना दिनु पर्ने बाध्यतामा नपुगुन बेलैमा ध्यान जाओस ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology