काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ।
मनोहरा नदीमा आएको बाढीका कारण पार्टी कार्यालय डुबानमा परेको हो।
मनोहरा नदीमा आएको बाढीले वरपरका घरहरू समेत डुबानमा परेका छन् ।
बाढी सडक, घर र कार्यालयभित्र पसेपछि त्यहाँ मानिसहरू जान सकेका छैनन्।
भारी वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव अत्यधिक बढेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology