Logo

२०८३, कार्तिक २७गते


images
images

त्रिशूलीमा बाढी : गोरखा जोड्ने ४ झोलेुंगे पुल जोखिममा

त्रिशूलीमा बाढी : गोरखा जोड्ने ४ झोलेुंगे पुल जोखिममा

images
  • त्रिशूलीमा बाढी : गोरखा जोड्ने ४ झोलेुंगे पुल जोखिममा
    images

    गोरखा । अविरल बर्षाका कारण त्रिशूली नदीमा आएको बाढीका कारण गोरखा जोड्ने चारवटा झोलुंगे पुल जोखिममा परेको छ ।

    images
    images
    images

    शहीद लखन गाउँपालिका-४ ठेवाटार र चितवनको इच्छाकामना गाउँपालिकाको धारापानी जोड्ने , शहीद लखन–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने, गण्डकी गाउँपालिका–७ धवादीघाट र धादिङको रोराङ जोड्ने र गण्डकी–६ हिक्लुङ र धादिङ जोड्ने झोलुङ्गे पुल जोखिममा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार त्रिशुली नदीमा पानीको वहाव बढेर पुललाई छोएको छ । केही ठाउँमा पुलको बेसहरू समेत बगाएको छ । ती पुलहरू नदीले बगाउने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । सो क्षेत्रमा अहिले प्रहरी परिचालन भइसकेको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

    images
    images

     अविरल वर्षा भइरहेकाले सतर्क रहन प्रहरीले जिल्लावासीलाई आग्रह समेत गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।