कृष्ण अन्जान,रुरु । भिषण मनसुनी वर्षाका कारण पहिराे झर्दा गुल्मीको रिडी रुद्रबेणीसडक खण्ड अवरुद्ध भएको छ ।
सडक खण्डको रुरु २ काे साँघुरेमा माथिबाट ढुङ्गा र माटो रुपमा झरिरहेकाे कारण सडक अबरुद्द बनेको अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडीका प्रहरी सहायक निरीक्षक नम बहादुर थापाले सेतोमसीलाइ जानकारी दिए । भीषण बर्षा परिरहेको र पहिराे झर्ने क्रम नराेकिएकाले पैदल यात्रिलाई जाेखिम उठाएर यात्रा नगर्न प्रहरीले अाग्रह गरेकाे छ । यसै बुच प्रहरीले पैदल यात्रु तथा यातायात साधन हरुलाई बैकल्पिक सडको प्रयोग गर्न समेत आग्रह गरेको छ ।
येस्तै यता बुटवल देखि रुद्रवेणि तर्फ गैइरहेको ध १ च १४६ न्म्बरको डबल क्याप बोलेरो जिप पहिराेमा परेपनि मानविय क्षति भने भएकाे छैन ।
पहिराेमा परेकाे गाडिलाई निकाल्ने प्रयास भईरहेकाे प्रहरी जनाएको छ । यसै गरि रुरुक्षेत्रमा हिँज देखि परेकाे अविरल वर्षा थामिएकाे भने छैन ।
रुरु क्षेत्रका खाेला खाेल्सा नदि नालाकाे जलस्तर बढेकाे छ । कालिगण्डकी रिडीखाेलाकाे जलस्तर बढेकाे छ ।
अविरल वर्षा वाट हुन सक्ने सँभावित घटनाबाट वचन रुरुक्षेत्र गाउँपालिका ले सबै वडाहरुमा सतर्कता अपनाउन अाह्वान गर्दै बिपत व्यवस्थापनकाे टिमलाई सतर्क अवस्थामा राखेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology