Logo

२०८३, आश्विन ९गते


images
images

नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै, दुबै कुशल र दीपेन्द्र बेन्चमा

नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै, दुबै कुशल र दीपेन्द्र बेन्चमा

images
  • नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै, दुबै कुशल र दीपेन्द्र बेन्चमा
    images
    images

    काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ मा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

    images
    images
    images

    क्यानडाको किङ सिटीमा मपल लिफ क्रिकेट ग्राउण्डमा ओमानका कप्तान अकिब इलियासले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

    images
    images
    images

    दुबै कुशल र दीपेन्द्र बेन्चमा

    images
    images
    images

    बुधबारको टोलीमा नेपालले तीन परिवर्तन गरेको छ ।पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएपछि नेपालले आजको खेलमा कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बेन्चमा राखेको छ ।

    नेपालले अनिल शाह, अर्जुन साउद र आरिफ शेखलाई मौका दिएको छ । ओमानले आजको खेलमा दुई अनुभवी खेलाडी जिशान मकसुद र बिलाल खानलाई प्लेइङ ११ मा राखेको छैन ।

    नेपालको प्लेइङ–११ :

    अनिल शाह, आसिफ शेख, भीम सार्की, अर्जुन साउद, रोहित पौडेल (कप्तान), आरिफ शेख, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।