Logo

२०८३, श्रावण २७गते


images
images

पत्रकार महासंघ गुल्मीद्धारा जिल्लामा रहेका श्रमजिवी पत्रकारहरुलाई सम्मान

पत्रकार महासंघ गुल्मीद्धारा जिल्लामा रहेका श्रमजिवी पत्रकारहरुलाई सम्मान

images
  • सेतोमसी सहकर्मी
  • पत्रकार महासंघ गुल्मीद्धारा जिल्लामा रहेका श्रमजिवी पत्रकारहरुलाई सम्मान
    images
    images

    सूर्य सुनार, गुल्मी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जिल्लामा रहेका श्रमजिवी पत्रकारहरुलाई सम्मान गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जिल्लामा सक्रिय भई पत्रकारीताको क्षेत्रमा काम गदै आएका ७ जना पत्रकारलाई सम्मान गरेको हो । 

    images
    images
    images

    केशरजित उत्कृष्ट पत्रकारीता पुरस्कारबाट जर्नादन घिमिरे, हुमाकान्त पोखरेल र सेतोमसी सहकर्मी सूर्य सुनारलाई सम्मान गरिएको छ । 

    images
    images
    images

    जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ निवासी स्वार्गिय केशरजित घिमिरेका छोरा मदनदिप घिमिरेले बुवाले पत्रकारीता पेशालाई सम्मान गर्ने भएकाले उहाँको नाममा अक्षयकोष स्थापना गरिएको बताए । घिमिरेले अक्षयकोषलाई बढाएर बार्षिक रुपमा जिल्लामा सक्रिय रुपमा काम गर्ने श्रमजिवी पत्रकारहरुलाई सम्मान गर्ने समेत बताएका छन ।

    images
    images
    images

    जोखिम वहन पुरस्कारबाट प्रेम सुनार, महेश बोहरा, ग्रामिण पत्रकारीता पुरस्कारबाट युगराज वस्याल, उत्कृष्ट महिला पुरस्कारबाट अनिता खत्री, चिन्तामणी निमकला पुरस्कारबाट रमेश विश्वकर्मा गरी ८ जना पत्रकारलाई सम्मान गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पत्रकारले सधै निष्पक्ष रुपमा काम गर्नुपर्ने बताए । जिल्लामा सुचना लिदाँ सत्य, निष्पक्ष र गोपनीयतालाई ख्याल गर्न उनले आग्रह गरिन् 

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुषालले आफ्नो कार्यकालमा केही गल्ती भएको भए क्षमा दिन आग्रह गर्दै महासंघको भवन बनाउदाँ सहयोग गर्ने सबै प्रति धन्यवाद दिएका थिए । 

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले आफुले सबै संग सहकार्य गरी काम गर्ने बताए । हाल महासंघले गरीरहेका कामलाई निरन्तर दिने बताउँदै उनले अब महासंघले जिल्लामा श्रमजिवी पत्रकारहरुको क्षेत्रमा रचनात्मक काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

    कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, नागरिक समाज गुल्मीका अध्यक्ष, तथा विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।