काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरुको समाधान गरिरहेको बताए ।
उनले भएका कमी कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको बताए । उनले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएको भन्दै रकारले सात बुँदे समझदारीअनुसार सुशासन लगायतमा काम गरिरहेको बताए ।
उपप्रधानमन्त्री सिंहले विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology