Logo

२०८३, आश्विन ९गते


images
images

ज्ञान विज्ञान

नेपाल सम्बन्धि महत्वपूर्ण तथ्यहरू

नेपाल सम्बन्धि महत्वपूर्ण तथ्यहरू

images
  • नेपाल सम्बन्धि महत्वपूर्ण तथ्यहरू
    images
    images
    • नेपाल विश्वका पुराना देशमध्ये एक हो ।
    • नेपाल नामको पहिलो उल्लेख अर्थबेदको परिशिष्टाङ्कमा गरिएको छ ।
    • नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपवोन, द्धापरयुगमा मुक्त्तिसोपान र कलियुगमा नेपाल भनिएको पाइन्छ ।
    • कौटिल्यको चौथो शताव्दीको अर्थशास्त्रमा नेपालको बर्णन गरिएको छ ।
    • नेपाल पृथ्वीको उत्तरी गोलार्धमा रहेको छ ।
    • अंक्षास अनुसार नेपाल २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट बीचमा पर्छ ।
    • देशान्तर अनुसार नेपाल ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट बीचमा रहेको छ ।  
    • नेपालको क्षेत्रफल नयाँ नक्सा अनुसार १४७५१६ बर्ग कि.मि रहेको छ ।
    • भारत र चीनको बीचमा रहेको नेपाल भूपरिवेष्ठित देश हो ।
    • नेपालले विश्वको ०.०३%, एसियाको ०.३% र दक्षिण एसियाको २.७५% भूभाग ओगटेको छ ।
    • गौतम बुद्धको जन्म स्थान लुम्बिनीमा पर्दछ ।
    • नेपालको करिव ३.९% भू-भाग नदीनालाले ओगटेका छन् ।
    • नेपालको पहिलो राजा भुक्तमान हुन् ।
    • नेपाल-भारत बीच सिमानामा ८९४ वटा जंगे पिलर रहेका छन् ।
    • नेपालको भारतसंग १६९० कि.मि र चीन संग १२३६ कि.मि सिमाना जोडिएको छ ।
    • विश्वमा क्षेत्रफलको आधारमा नेपाल ९३ औँ स्थानमा रहेको छ ।
    • सार्कमा रहेका देशमा क्षेत्रफलको आधारमा नेपाल ४ औँ स्थानमा छ ।
    • भूपरिवेष्ठित देशहरूको क्षेत्रफलका आधारमा नेपाल २२ औँ स्थानमा रहेको छ ।
    • नेपालमा ८००० भन्दा अग्ला ८ हिमाल रहेका छन् ।
    • नेपालको राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको राजधानी थिम्पु (भुटान) हो ।
    • नेपालबाट सबैभन्दा नजिक रहेको खाडी बंगालको खाडी हो ।
    • नेपाललाई ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहमा विभाजन गरिएको छ ।
    • चीनलाई मात्र छुने नेपालको एक मात्र प्रदेश कर्णाली प्रदेश हो ।
    • नेपालका लुम्बिनी र मधेश प्रदेशले भारतलाई मात्र छुन्छन् ।
    • चीन र भारत दुवैलाई छुने प्रदेश ४ वटा प्रदेशहरू कोशी, बाग्मती, गण्डकी र सुदुरपश्चिम हुन् ।
    • नेपालका १३ वटा जिल्लाले चीनलाई मात्र छुन्छन् ।
    • भारतलाई मात्र छुने जिल्ला २५ वटा रहेका छन् ।
    • चीन र भारत दुवै देशलाई छुने जिल्ला २ वटा छन् ।
    • नेपालमा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका २७६ वटा नगरपालिका २७६ र ४६० वटा गाउँपालिका रहेका छन् ।
    • नेपाललाई भौगोलिक रूपमा हिमाल, पहाड र तराई गरि ३ भागमा बिभाजन गरिएको छ ।
    • नेपालमा ११ वटा राष्ट्रिय निकुन्ज रहेका छन् ।
    • नेपालमा ५ प्रकारका हावापानी रहेको छ ।
    • नेपालको राजधानी काठमान्डौको क्षेत्रफल ६४२ बर्ग कि.मि रहेको छ ।
    • नेपालको मरुभुमी भनेर मुस्ताङ जिल्लालाई चिनिन्छ ।
    • नेपालको सबैभन्दा ठूलो नदी कोशी हो ।
    • नेपालको सबैभन्दा लामो नदी कर्णाली हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञान विज्ञान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।