Logo

२०८३, कार्तिक १५गते


images
images

बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह

बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह

images
  • बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह
    images
    images

    ललितपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताए। 

    images
    images
    images

    ललितपुरमा आज नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त रुपमा आयोजना गरेको महा जलजात्राको समापन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सहरीकरण तीव्र रुपमा बढेकाले त्यसको असर बागमती नदीमा परेको हुँदा यसको दीर्घकालीन असर समाधान गर्ने विषयमा सबैले सोच्नुपर्ने उल्लेख गरे। 

    images
    images
    images

    उनले भने, ‘बागमती नदी वर्षात्को समयमा बगे पनि सुक्खा समयमा निकै दुर्गन्धित हुने हुँदा यस्तो समस्याको समाधान गर्ने प्रयास सरकारको तर्फबाट भइरहेको छ ।’

    images
    images
    images

    बागमती नदी सफा राख्न र बागमती जोगाउन विभिन्न समाजसेवी तथा अभियन्ता सँधै सक्रिय रुपमा लागेकामा उपप्रधानमन्त्री सिंहले खुसी व्यक्त गरे। उनले भने, ‘बागमती सभ्यतालाई जोगाउन र नदी सफा राख्न जुटेका सबै संस्था र अभियन्तासँग सहरी विकास मन्त्रालय सहकार्य गर्न चाहन्छ ।’

    उपप्रधानमन्त्री सिंहले बागमती नदीको दुर्गन्धले कति असर गर्छ भन्ने आफूले पनि महसुस गरेको कारण लामो सभ्यता बोकेको बागमती नदीलाई दुर्घन्धरहित र हरियाली बनाउन सरकारले प्रयास गरिरहेको बताए।

     उनले भने, ‘तीव्र सहरीकरणको कारण वर्षौँदेखि दुर्गन्धित अवस्थामा रहेको बागमती नदीको समस्या तत्काल समाधान नभए पनि समस्या समाधानका लागि सरकार लागिपरेको छ ।’

    ललितपुरको बागमती नदी करिडोरमा आयोजित बागमती नदी महोत्सव (२१ औँ शताब्दीको महोत्स्व) महा—जल जात्रा २४औँ संस्करणमा मैत्री जल विहार, बागमती सभ्यता संवादलगायत कार्यक्रम आयोजना गरिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।