Logo

२०८३, श्रावण २७गते


images
images

स्थानीय सरकारले वेवास्ता गरेपछि रुरुक्षेत्रका युवाले आफै मर्मत गरे विग्रीएको बाटो 

स्थानीय सरकारले वेवास्ता गरेपछि रुरुक्षेत्रका युवाले आफै मर्मत गरे विग्रीएको बाटो 

images
  • स्थानीय सरकारले वेवास्ता गरेपछि रुरुक्षेत्रका युवाले आफै मर्मत गरे विग्रीएको बाटो 
    images
    images

    माधव ज्ञवाली, गुल्मी । स्थानीय युवाहरुको सक्रियतामा रुरुक्षेत्र गाउँपालिका गुल्मीमा लामो समयदेखि बिग्रीएको सडक मर्मत गरिएको छ। बलेटक्सार चौतारा रिङरोड अन्तर्गत पर्ने गाउँपालिकाको सभाहलनेरको मोटरबाटो बिगत डेढ महिना भन्दा पहिलेबाट अबरुद्ध थियो । 

    images
    images
    images

     

    images
    images
    images

    ईच्छा शक्ति भयो भने केही पनि रोकिदैन । यहि बिस्वासले हामी सामाजिक कार्यमा अघि बढ्नुपर्छ भन्ने स्थानीय युवा नेता यदु ज्ञवालीको आह्वान र  बिशेष पहलमा सो स्थानमा बाटोको मर्मत गरिएको स्थानीय बताउँछन् । 

    images
    images
    images


    ट्याक्टर र टिप्पर बाहेक सो स्थानमा अन्य साना गाडी र मोटरसाइकल चलाउन निकै सास्ती थियो। लामो समयसम्म बाटो मर्मत हुन नसक्दा कतिपय यात्रीहरु कसैले हिलोमा सवारीसाधन गढेको त कसैले हिलोमा लडेको तस्बिरहरु सामाजिक संजालमा राख्दै आइरहेका थिए।


    सभाहल निर्माण गर्ने क्रममा बाटोमा फालिएको माटोसङ्गै सभाहल संरक्षणका लागि पर्खाल उठाउँन खनिएको माटो बाटोमा नै मिँसाइदा बर्खाको समयमा बाटो बिगि्रएको स्थानीय बताउँछन् । त्यसलाई ब्यवस्थित गर्न र बाटो खुलाउन पटकपटक संबंधित निकायसँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ।


    पटकपटक स्थानीय निकायलाई बाटो मर्मतको लागि आग्रह गरिरहँदा पनि सुनुवाइ नभएको युवा नेता किसन पाण्डेले बताए।


    गाउँपालिका भित्रका बम्घा, बलेटक्सार, रिमुवा, ग्वादी लगायत स्थानको करिब आधा यात्रु यहीँ बाटो हुँदै यात्रा गर्छन। "लामो  समयदेखि बाटो अवरुद्ध हुँदा एम्बुलेन्स हिड्ने बाटो समेत थिएन, साना सवारीसाधन र मोटरसाइकल हिड्नेबाटो समेत भएन। 


    कतिपय यात्रु बाटोमै लड्ने त कतिपय बाटोबाट नै फर्किनुपर्ने बाध्यता आएपछि पटकपटक वडा अध्यक्ष, गाउँपालिका उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत लगायतलाई खबर भयो तर डेढ दुई महिनासम्म पनि बाटो मर्मत भएन " युवा नेता  यदु ज्ञवालीले भने।


    संबंधित निकायबाट सुनुवाइ नभएपछि आफुले स्थानीय युवाहरुलाई जुट्न आग्रह गरेको र युवाहरुले पनि साथ दिएको उनले बताए। स्थानीय युवाहरुको आर्थिक र भौतिक सहयोगमा बिगि्रएको ठाउँमा बाटो ग्राभेल गरिएको उनले बताए। 


    ग्राभेल भएसङ्गै अब सो बाटो हुँदै जुनसुकै सवारीसाधन गुडाउन सकिने भएको छ। स्थानीय उत्तम बहादुर क्षेत्री र प्रकाश गौतमले न्युनतम पारिश्रमिकमा जेसिबी डोजर, ग्राभेल मेटेरियल र ट्याक्टर  उपलब्ध गराएको र अन्य युवाहरुले आर्थिक र भौतिक सहयोग गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रुरूक्षेत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।