Logo

२०८३, श्रावण २७गते


images
images

एक चेलीको जीउने सपना

देवदहकी चेली २३ बर्षिया सिसम ज्ञवाली भन्छिन - 'मलाई बचाई दिनुहोस्' 

देवदहकी चेली २३ बर्षिया सिसम ज्ञवाली भन्छिन - 'मलाई बचाई दिनुहोस्' 

खाउँ-खाउँ, लाउँं-लाउँ उमेरकि छाेरीकाे  दुवै मृगौलाले काम गर्न छाडेपछि बाबू विष्णु र आमा शिला यतिबेला छाेरीलाइ कसरी बचाउन सकिन्छ भनेर सहयाेगका लागि दौडधुपमा हुनुहुन्छ ।
images
  • सेतोमसी सहकर्मी
  • देवदहकी चेली २३ बर्षिया सिसम ज्ञवाली भन्छिन - 'मलाई बचाई दिनुहोस्' 
    images
    images

    कृष्ण अन्जान, रुरु । भनिन्छ, जीवन सपना हाे । सपना उनिन्छन बुनिन्छन जाेडिन्छन ताेडिन्छन । तैपनि मानिस सपनाकाे नदिमा पौडिरहन्छ । कसैलाई सुखि कसरी हुने भन्ने सपनाले सताउँछ भने कसैलाई बाँच्न पाए हुन्थ्यो भन्ने सपनाले । यसरिनै बाँच्न पाए हुन्थ्याे भन्ने सपनामा छन - देवदहकी चेली सिसम ज्ञवाली । जीवनका २३ औं वसन्त पूरा गरेकी   सिसम ज्ञवाली यतिबेला यस्तै बाँच्ने रहरकाे दाेसाँधमा छन ।

    images
    images
    images


    रुरुक्षेत्र ३ वसन्तपाेखरि घर भइ अवसरकाे खाेजिमा देवदह नगरपालिका वडा न ९ मा बसाइ सरेका विष्णु ज्ञवाली छाेरीकाे अवस्थाले आँशुकाे आहालमा हुनुहुन्छ । आमा शिला  ज्ञवालीलाई पनि छोरी सिसमकाे अबस्था देख्दा सहिसक्नु छैन ।

    images
    images
    images


    खाउँ-खाउँ, लाउँं-लाउँ उमेरकि छाेरीकाे  दुवै मृगौलाले काम गर्न छाडेपछि बाबू विष्णु र आमा शिला यतिबेला छाेरीलाइ कसरी बचाउन सकिन्छ भनेर सहयाेगका लागि दौडधुपमा हुनुहुन्छ । ''डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्छ भनेका छन तर मेराे आर्थिक अवस्था कमजाेर छ'' बिष्णु ज्ञवालीले भन्नु भयाे ।

    images
    images
    images


    केही महिना देखि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत   सिसमलाई बाँच्ने इच्छा छ तर आर्थिक अभावका कारण भविष्यकाे चिन्ताले जतिबेला पनि उनका आखामा आँशु भरिएका छन ।


    छाेरीकाे जीवन बचाउनु मेराे पहिलाे दायित्व हाे । सबैले सहयाेग गरे मेरी छाेरीले नयाँ जीवन पाउने थिइन आँखा भरि आँसु लिँदै सिसमका बाबू ज्ञवालीले भन्नु भयाे ।


    केही महिना  लुम्बिनी प्रादेशिक अस्पतालमा सिसमकाे डाइलाेसिस चलिरहेकाेमा उनका दुबै मृगौलाले काम नगरेपछी डाक्टरले मृगौला प्रत्यारोपणकाे सल्लाह दिए बमोजिम सिसनलाई काठमाडौ लगिएकाे छ ।


    मृगौला दान दिने मान्छे पनि भेटिएका छन तर आर्थिक अभावका कारण सिसम ज्ञवालीलाइ मृगौला प्रत्यारोपण गर्न समस्या भएकाे छ ।
    साथिभाई संघ संस्थाकाे सामान्य सहयाेगले सामान्य डाइलासिसका खर्च चलेकाे छ बाबू बिष्णु ज्ञवालीले भन्नु भयाे।


    यतिबेला सहयाेगि हातहरु सिसम ज्ञवालीकाे सहयाेगका लागि उठ्नु जरुरी देखिएकाे छ ।
    जीवन जीउने सपना देखेकी मृगौला पिडीत सिसमकाे सहयाेगार्थ तिनाउ मिसन डेभलपमेन्ट बैँकमा खाता समेत सन्चालनमा छ । ००४०००१७७०१N नम्बरकाे सिसम  ज्ञवालीकाे तिनाउ मिसन डेभलपमेन्ट बैँककाे खातामा सहयाेग रकम जम्मा गरिदिइ जीवन बचाइ दिन सिसम ज्ञवाली र वहाँका बाबा बिष्णु ज्ञवाली र आमा शिला  ज्ञवालीले अपिल समेत गर्नु भएकाे छ ।


    बाँकी जीवन जीएर सँसार देख्ने सपना देखेकी सिसमलाई सबैले सहयाेग गर्न सके पुनर्जन्म हुने विश्वास लिन सकिन्छ ।


    धनिमानि नेताका लागि लाखौँ लगानी गरेर उपचार गराउने राज्यले सिसमकाे जीउने सपना प्रति ध्यान दिन जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।