Logo

२०८३, श्रावण २७गते


images
images

समाजलाई अग्रगमनमा डोर्याउने काम पत्रकारको हो : नगरप्रमुख खरेल

समाजलाई अग्रगमनमा डोर्याउने काम पत्रकारको हो : नगरप्रमुख खरेल

images
  • समाजलाई अग्रगमनमा डोर्याउने काम पत्रकारको हो : नगरप्रमुख खरेल
    images
    images

    देवदह ।  देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले समाजलाई अग्रगमनमा डोर्याउने काम पत्रकारको भएको बताएका छन् ।  सोमबार देवदह साप्ताहिक पत्रिकाको १२औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले समाजलाई अग्रगमनमा लैजान संचारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए ।   

    images
    images
    images

    पत्रकारले सकारात्मक कुरालाई महत्व दिएर प्रकाशन गरेमात्र नागरिकमा सकारात्मक सोंचको विकास हुने उल्लेख गर्दै प्रमुख खरेलले देवदह नगरपालिकाले आर्थिक सुशासनमा सुधार गरिरहेको बताए । नगरपालिकाले गरेका सकारात्मक कार्यलाई प्रचारमा लैजान स्थानीय मिडियाले भूमिका खेल्नुपर्नेमा जोड दिंदै उनले भाषण गर्ने र अरुलाई दोष लगाउने कार्यले समाज रूपान्तरण हुन नसक्ने बताए । 
     
    "नकारात्मक कुराको प्रचारले देवदह बदनाम भएको छ, यसलाई चिर्न मिडियाले नै भूमिका खेल्नुपर्छ ।" उनले भने, "सबै मिलेर काम गर्नसके पर्यटन लगायतका क्षेत्रमा देवदहको सम्भावना राम्रो छ । अब आलोचना होइन, सबैजना जिम्मेवार भएर काम गरौँ ।"

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले सत्य, तथ्य समाचार प्रकाशनमा देवदहका संचारमाध्यमले निष्पक्ष भूमिका खेलिरहेको बताइन् ।  

    images
    images
    images

    प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले पत्रकारले बहुकोणबाट विश्लेषण गरेर अनुसन्धानमुलक सामग्री उत्पादनमा जोड दिनुपर्ने बताए । मिडियामा आएका विषय अनुसन्धानको विषय बन्ने भएकोले पनि सोंच विचार गरेर समाचार प्रकाशन गर्नुपर्ने उनको भनाइ छ । 

    कार्यक्रममा बोल्दै नगर प्रवक्ता गणेश डुम्रे, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल, नागरिक समाज देवदहका अध्यक्ष जयकिशन अधिकारी लगायतले खोज पत्रकारिता आजको आवश्यकता रहेकोमा जोड दिए । नागरिक पत्रकारिताको विकास भैसकेको अवस्थामा व्यवसायिक पत्रकारले आफुलाई खोज अनुसन्धान केन्द्रित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

    पत्रिकाका प्रकाशक तिलोचन दहालको अध्यक्षमा सम्पन्न स्थापना दिवस विशेष कार्यक्रममा पत्रिकाका सम्पादक राम बहादुर गुरुङ, अतिथि सम्पादक यम राना, व्यवस्थापक भीमप्रसाद गुरुङ लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।