काठमाडौं । महिलाहरूको तल्लो पेट संवेदनशील अंग हो । जसरी आँखा, जिब्रो, मुटु, कलेजो, मस्तिष्क आदि संवेदनशील अंगको संरक्षणका लागि भोजन एवं रहनसहनमा ध्यान पुर्याइन्छ त्यसैगरी पाठेघरका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ ।
रजस्वला हुँदा असाध्यै पेट दुखेको अवस्थामा स्टोराइडयुक्त कुनै पनि औषधि सेवन गर्नु हँुदैन अर्थात् पीडालाई दबाउने खालको औषधि प्रयोग गर्नु हुँदैन । यसबाट बाँझोपनको समस्यालगायत पाठेघर तथा शरीरका अन्य भागमा विभिन्न समस्या देखिन सक्छ ।
पाठेघरलाई स्वस्थ राख्न हरेक दिन प्राणायाम आवश्यक छ जसमध्ये कपालभाती प्राणायाम सर्वाधिक महत्वपूर्ण मानिन्छ । पाठेघर सुन्निएको बेला, रजस्वला भएको बेला, आङ झरेको बेला कपालभाती प्राणायाम गर्दा गतिमा नियन्त्रण राख्नु आवश्यक छ । गर्भावस्थामा कपालभाती प्राणायाम, बाह्य प्राणायाम, अग्निसारक्रिया आदि गर्नु हुँदैन ।
गर्भवती महिलाले पाठेघरलाई स्वस्थ बनाउन भस्त्रिका, उज्जयी, अनुलोम–विलोम, भ्रामरी, प्रणव आदि प्राणायाम गर्नु फाइदाजनक हुन्छ । यसबाट पाठेघरमा हुने सम्भावित विकारबाट जोगिन सकिन्छ ।
पाठेघरमा समस्या आए दौडने, उफ्रने खालका व्यायाम गर्नर्ु हुँदैन । महिलाहरूले यस्ता सामान्य समस्यामा पनि भारी चीज उठाउने, टुक्रुक्क बसेर नाङ्लो चलाउने, बढी तारेको, चिल्लो, पिरो, अमिलो आदिका साथै बढी तातो वा बढी चिसो खानेकुरा खानु हुँदैन ।
पाठेघरलाई बलियो बनाउन सूर्य नमस्कारका साथै सुस्त गतिमा मार्जारी आसन, सर्वाङ्गासन, गोमुखासन, हलासन आदि गर्न सकिन्छ ।
किशोरीहरूलाई शीर्षासन एवं पश्चिमोत्तानासन लाभदायक हुन्छ । आलसको तेल, आलसको धूलो अचार, मेथी, ज्वानो, सुठो, हिङ, वाखडबेत, भृंगिराज वा घोडताप्रे खाली पेटमा खाँदा वा सिसौका सात वटा पात मिस्रीका साथ खाँदा लाभ मिल्छ ।
यस्ता महिलालाई हुन्छ पाठेघर क्यान्सरको जोखिम, यी संकेत देखा परे वेवास्ता नगर्नुहोस्
पछिल्लो समय महिलामा गर्भाशयको समस्या तिब्र रुपमा बढिरहेको छ। गर्भाशयको क्यान्सर आजभोलि आम समस्या बनेको छ। समयमै पाठेघर अर्थात गर्भाशयको क्यान्सरको लक्षण थाहा पाए उपचार सम्भव हुने चिकित्सक बताउँछन्।आज हामी तपाईलाई गर्भाशयको क्यान्सरका लक्षणका बारेमा जानकारी दिदैछौँ।
आउनुहोस् जानौँ कुन-कुन हुन् पाठेघरका शुरुवाती लक्षण ?
१) महिनावारी असामान्य हुनु । साथसाथै कम वा धेरै रक्तश्राव हुनु ।
२) तल्लो पेट तथा ढाडको तल्लो भागमा पीडा महशुस हुन पनि पाठेघर क्यान्सरको शुरुवाती लक्षण हो।
३) महिलालाई छिन्छिन्मा पिसाब लाग्नु वा नियन्त्रण गर्न मुस्किल हुनु पनि गर्भाशय क्यान्सरको संकेत हुनसक्छ।
४) सम्भोगका समयमा असामान्य पीडा हुनुलाई पनि सामान्य रुपमा लिनु हुँदैन्। यो पनि पाठेघर क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ।
५) पेट फुलिएको महशुस हुनु वा पेट दुख्नु पनि गर्भाशय क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ। ६) यदी पटक पटक कब्जितको समस्या देखियो भने पनि डाक्टरको सल्लाह लिन जरुरी छ। पटक पटक कब्जितको समस्या हुनु पनि पाठेघरको क्यान्सरको लक्षण हुनसक्छ।
७) बिना कुनै परीश्रमका बावजुत पनि थकान हुनु वा पसिना आउनु पनि पाठेघर क्यान्सरको शुरुवाती लक्षण हुनसक्छ।
८) पटक पटक गर्भवात हुनु पनि पाठेघरको क्यान्सरको लक्षण हुनसक्छ। यस्तो समस्यालाई समान्य रुपमा लिन हुँदैन्।
के कारण हुन्छ पाठेघरको क्यान्सर ?
१) विशेषज्ञ डाक्टरका अनुसार यस बिरामीको एकदम सटिक कारण बताउन भने निकै गाह्रो छ। यसको मुख्य कारण त महिनावारीका समयमा सरसफाइदा ध्यान नदिनु हो।
२) महिनावारीका समयमा कयौँ महिलाले सेनेटरी प्याडलाई लामो समयसम्म प्रयोग गर्ने गर्छन्। जबकी ६ घण्टा वा ६ घण्टा पहिले नै प्याड परिवर्तन गर्न आवश्यक छ।
३) जो महिलाले गर्भनिरोध औषधिको अधिक प्रयोग गरेका छन्, उनीहरुलाई गर्भाशयको क्यान्सरको खतरा उच्च हुने गर्छ।
४) कयौँ व्यक्तिसँग शारिरीक सम्बन्ध बनाउने महिलामा पनि पाठेघरको क्यान्सर हुने खतरा अधिक हुन्छ।
५) सानै उमेरमा विवाह गरेका वा पटक पटक गर्भधारण गर्ने महिलामा पनि पाठेघरको क्यान्सर हुने सम्भावना अधिक रहन्छ।
क्यान्सरबाट बच्न के गर्ने ? सामान्य लक्षणलाई वेवास्ता नगर्नुहोस्। बेला बेलामा डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ। आजभोलि यसबाट बच्न भ्याक्सिन पनि उपलब्ध छ।
डाक्टरको सल्लाहमा भ्याक्सिनको प्रयोग गर्नुहोस्। शरीरमा कुनै परीवर्तन देखिए भने तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस्। आफ्नो जीवनशैलीमा सुधार गर्नुहोस् र अस्वस्थकर खानेकुरा खानबाट बच्नुहोस्।
हरेक दिन योगा तथा एक्सरसाइज गर्नुहोस्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology