Logo

२०८३, आश्विन ९गते


images
images

चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता

चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता

images
  • चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता
    images
    images

    बेइजिङ । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ । यस्तै सो घटनामा  तीस जनाभन्दा बढी बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

    images
    images
    images

    प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४०  बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ । 

    images
    images
    images

    राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएको छन्  । 

    images
    images
    images

    हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो बताइएको छ । उत्तरी र मध्य चीनमा मंगलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरोबाट प्रभावित भएको छ ।

    यस्तै शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चीन
  • # राजमार्गको पुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।