माधव ज्ञवाली, गुल्मी । क्यान्सर रोगबाट पीडित गुल्मीकि हिमकला सारुलाई सहयोग जुट्न थालेको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.५ ताँगबास कि ४८ बर्षिया सारु बिगत एक बर्ष भन्दा लामो समयदेखि पाठेघरको क्यासरबाट पीडित छिन् ।
घरको आर्थिक स्थिति कमजोर भएको कारण उपचारमा समस्या देखिन थालेकोले घरपरिवारले सहयोगको लागि अपिल गरेको समाचार केही दिन अघि सेतोमसीबाट प्रकाशित भएको थियो।
उपकार युवा क्लब रुरुक्षेत्र ५ बम्घा गुल्मीले क्यान्सर पीडित सारुलाई उपचारार्थ सहयोग गरेको छ। क्लबले अभियान मार्फत पहिलो चरणमा पीडित सारुलाई चौसट्ठी हजार एक सय पैंतिस सहयोग उपलब्ध गराएको हो। सहयोग रकम पीडित सारु कि छोरी पुष्पा सारुको खातामा जम्मा गरिदिएको क्लबका अध्यक्ष बिक्रम भण्डारीले बताए।
मावता नै संसारको सबैभन्दा बहुमुल्य चिज रहेको बताउँदै भण्डारीले क्यान्सर पीडित सारुलाई सहयोग गर्न पाउँदा आफ्नो क्लब निकै खुसी भएको बताए। बिरामी हिमकलाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग संकलन अभियानमा सहयोग गर्ने सम्पूर्णमा उनले धन्यवाद पनि प्रकट गरे। आगामी दिनमा पनि अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्दै भण्डारीले अरुलाई पनि सहयोगको लागि क्लबको तर्फबाट अपिल गरेका छन् ।
उनको क्यान्सर अहिले चौथो स्टेजमा रहेको छ । एक बर्ष पहिले पाठेघरमा क्यान्सर देखिएकोमा अहिले पुनः कलेजोमा सरेको अस्पतालले बताएको छ।
पीडित सारुको अहिले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर ललितपुरमा उपचार भइरहेको छ। उनको क्यान्सर अहिले चौथो स्टेजमा रहेको छ,एक बर्ष पहिले पाठेघरमा क्यान्सर देखिएकोमा अहिले पुनः कलेजोमा सरेको अस्पतालले बताएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology