Logo

२०८३, श्रावण २७गते


images
images

अन्तिम सोमबार : रुपन्देहीका विभिन्न मन्दिरमा भक्तजनहरुले पूजाआजा गरी व्रत समाप्त

अन्तिम सोमबार : रुपन्देहीका विभिन्न मन्दिरमा भक्तजनहरुले पूजाआजा गरी व्रत समाप्त

images
  • अन्तिम सोमबार : रुपन्देहीका विभिन्न मन्दिरमा भक्तजनहरुले पूजाआजा गरी व्रत समाप्त
    images
    images

    रेशम अधिकारी अशोक, देवदह । आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

    images
    images
    images

     

    images
    images
    images

    यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड कम छ । रुपन्देहीको देवदहको लोकेश्वर शिव पन्चायन मन्दिर, वुटवलर्को शिद्धबाबा मन्दिर, भैरहवाको विमिन्न शिव मन्दिर  लगायत  विभिन्न शिव मन्दिरहरुमा विहानैदेखि भक्तजनहरुको भक्तजनहरुको घुँइचो लागेको हो ।

    images
    images
    images

     

     

     

    साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

     

     


    सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो?

    सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

     

     

    कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ।

     

     व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।