Logo

२०८३, कार्तिक २५गते


images
images

देवदह नगरपालिकाको बजेट डेढ अर्व (पूर्णपाठ)

देवदह नगरपालिकाको बजेट डेढ अर्व (पूर्णपाठ)

images
  • सेतोमसी सहकर्मी
  • देवदह नगरपालिकाको बजेट डेढ अर्व (पूर्णपाठ)
    images

    देवदह । देवदह नगरपालिकाले डेढ अर्व बढीको बजेट ल्याएको छ ।  सोमबार नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले  १ अर्व ५० करोड १० लाख  ६५ हजार पाँच सय रूपैयाँको बजेट पेश गरिन् । 

    images
    images
    images

    विनियोजित बजेटमा आ.व. ०८१/८२ मा  २५ करोड ४६ लाख ८८ हजार ५ सय आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।  संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व वाडफाड मार्फत आम्दानी हुने अनुमान गरिएको छ । 

    images
    images
    images

    बजेटमा संघीय सरकारबाट विभिन्न शिर्षकमा  ४० करोड बढी  र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ।

    images
    images

    नगरपालिकाले ल्याएको बजेटमा आर्थिक विकास तर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ  विनियोजन गरिएको छ ।  जसमा कृषि तर्फ ५६ लाख, पशु विकास तर्फ ३१ लाख ३० हजार, सहकारी तर्फ ८ लाख ४० हजार, पर्यटन, संस्कृति तथा सम्पदा तर्फ ५६ लाख, उद्योग वाणिज्य तर्फ ५५ लाख, भुमि व्यवस्था तर्फ ६९ लाख तथा श्रम, रोजगार र गरिवी निवारण तर्फ २ लाख ८० हजार बजेट विनियोजन गरिएको छ । 

    सामाजिक विकास तर्फ ६ करोड ३३ लाख ४९ हजार ५०० रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षा तर्फ २ करोड ८५ लाख ७८ हजार ५ सय, स्वास्थ्यमा ८९ लाख ३१ हजार, खानेपानीमा १० लाख ७० हजार, महिला विकासमा १८ लाख, समावेशीकरणमा ७० लाख, युवा तथा खेलकुदमा ४९ लाख ७० हजार र बालमैत्री शासन शिर्षकमा ५ लाख विनियोजन गरिएको छ । 

    पुर्वाधार विकासमा ७ करोड २० लाख  विनियोजन गरिएको छ । विपद व्यवस्थापनमा ८३ लाख ४० हजार,  संस्थागत विकास र सुशासनमा १८ करोड ८६ लाख  ७५ हजार छुट्याइएको छ ।

    नगरपालिकाको बजेटमा हरेक सामुदायिक विद्यालयको टिनको छाना मुनि जिप्सन लगाउन ७० लाख विनियोजन गरिएको नगर प्रवक्ता गणेश  डुम्रेले जानकारी दिए । "विद्यालय पुर्वाधार निर्माण साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीहरू टिनको छानामुनि बस्न नपर्ने गरि जिप्सन लगाउन बजेट विनियोजन गरिएको छ" प्रवक्ता डुम्रेले भने, "यसले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारलाई व्यवस्थित गर्ने विश्वास लिइएको छ ।"

    नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङद्वारा प्रस्तुत देवदह नगरपालिकाको बजेट बक्तब्यको पूर्ण पाठ

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।