Logo

२०८३, आश्विन ९गते


images
images

यौन जीवनलाई कसरी रोमाञ्चक र आनन्ददायक बनाउने ?

यौन जीवनलाई कसरी रोमाञ्चक र आनन्ददायक बनाउने ?

images
  • यौन जीवनलाई कसरी रोमाञ्चक र आनन्ददायक बनाउने ?
    images
    images

    एजेन्सी ।  यस सम्बन्धमा प्राचिन कालदेखि नै विभिन्न खोज–अध्ययन हुँदै आएका छन् । यौन एक स्वभाविक र प्राकृतिक प्रक्रिया हो । आपसी सहमतिमा हार्दिकतापूर्वक हुने यौन क्रियालाई अपराध वा छाडा मानिदैन । खासगरी दम्पतीबीच हुने यौन–क्रियालाई एक अनिवार्य एवं अपरिहार्य मानिन्छ ।

    images
    images
    images

    तर, जबरजस्ती, बर्बरतापूर्वक, एकलौटी हिसाबले, जथाभावी गरिने यौन क्रिया अपराध हो । त्यसैले सन्तुलित र स्वस्थ यौन जीवनका लागि हामीलाई सही मार्गदर्शन खाँचो हुन्छ । यौन विकार र कुष्ठाहरुबाट माथि उठेर यसको अन्र्तयलाई बुझ्न सक्नुपर्छ । तब, यौन क्रियाबाट चरम आनन्द प्राप्त हुन्छ । 

    images
    images
    images


    यौनका सम्बन्धमा महर्षि वात्सायानले एउटा ग्रान्थ नै रचना गरेका छन्, कामसूत्र । विश्वकै प्रथम यौन–संहिता मानिएको छ यसलाई । भनिन्छ, यो महिला र पुरुष दुबैले अध्ययन र मनन गर्नुपर्ने ग्रन्थ हो । यसलाई ३६ अध्याय र ६४ प्रकरणमा विभाजित गरिएको छ ।
    कामसूत्रले यौनलाई एक कलाकै रुपमा पेश गरेको छ । मान्छेका विभिन्न कला जस्तै यौन–कला पनि एउटा महत्वपूर्ण पाटो हो । 

    images
    images
    images

    यस अन्र्तगत यौन क्रिया अघि, यौन क्रियाका क्रममा र यौन क्रियापछि गर्नुपर्ने कामहरुबारे स्पष्ट लेखिएको छ । साथै यस क्रममा अपनाउनुपर्ने सावधानी पनि यसमा उल्लेख छ ।

    यौन क्रियामा आलिंगान, चुम्बन, स्पर्श, दाँत र नङको प्रयोग, यौनाङ्गको स्पर्श आदि सामेल छन् ।

    यद्यपि कामसूत्रले यौन क्रियाको बारेमा मात्र चर्चा गरेको छैन । यौन क्रिया त यसको एउटा पाटो मात्र हो । खासगरी दाम्पत्य जीवनलाई कसरी मधुर बनाउने भनी आवश्यक सुझाव दिएको छ । पारिवारिक सम्बन्ध र दाम्पत्य जीवनलाई उत्कृष्ट बनाउने कला सिकाइएको छ । यसैको एक अंशको रुपमा यौन क्रिया समेटिएको हो ।

    कामसूत्र भन्नसाथ धेरैले यौन आसन वा यौन क्रियामा आधारित भनेर बुझ्छन् । तर, यस्तो होइन । कामसूत्रको सात भागमध्ये एउटामा यौनको चर्चा छ । यसको अधिकांश हिस्सा महिला र पुरुषको आचार–व्यवहार र कामको दर्शनबारे लेखिएको छ ।
    वात्यायनको कामसूत्रमा ६४ कलाको बारेमा उल्लेख छ ।

    कामसूत्रको पहिलो अध्यायमा जीवनको लक्ष्यबारे चर्चा गरिएको छ । यसमा जीवनको प्राथमिकता र ज्ञानको बारेमा बताइएको छ । सुखी र सम्पन्न कसरी बन्ने र प्रेमको संसारमा कसरी प्रवेश गर्ने भन्ने कुरा यसमा लेखिएको छ ।

    दोस्रो अध्ययामा मान्छेको इच्छाबारे वयान गरिएको छ । यसमा संभोगको आयाम जस्तै आलिंगन, चुम्बन, संभोग कला, मुखमैथुन, प्राकक्रिडा जस्ता कुरा बताइएको छ । यस इच्छालाई कसरी ६४ आसनबाट पुरा गरिन्छ भनेर विस्तृतमा लेखिएको छ । तेस्रो अध्ययायमा पुरुषको विवाह र त्यसको प्रकारबारे उल्लेख छ । साथसाथै सही जीवनशैली छनौटको आधारहरु के के हुन भनी सुझाव दिइएको छ ।

    पाँचौ अध्यायमा पुरुष र महिलाको आपसी व्यायवहारबारे कुरा गरिएको छ । यसमा उनीहरुले एकअर्कालाई कसरी बुझ्ने, कसरी एकअर्काको भावनालाई बुझ्ने आदिबारे चर्चा गरिएको छ ।

    छैठौं अध्यायमा महिलाका लागि जानकारी दिइएको छ । यसमा महिलाले कसरी सही जीवनसाथी छनौट गर्न सक्छन् भनी सुझाव दिइएको छ ।

    यस ग्रन्थमा जीवन र जगतको बारेमा धेरै कुरा समेटिएको भएपनि यौनलाई नै मान्छेले प्राथमिकता दिएर यस ग्रन्थको चर्चा गरेका छन् । हुन त आज पनि मान्छेहरु यौनका बारेमा खुलेर चर्चा गर्दैनन् । यौनलाई छाडा भनी बुझ्ने गर्छन् । यौन एक प्राकृतिक क्रिया हो । यो कुनबेला छाडा र कुनबेला स्वभाविक हुन्छ भनी भेद छुट्याउन जरुरी हुन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।