कृष्ण अन्जान, रुरु । सत्यवति गाउँ पालिका ६ चाेरकाटे बाट शनिवार राति माेटरसाईकल चाेरी भएकाे छ । लु ६४ प ८१७५ नम्वरकाे पल्सर माेटरसाईकल मध्यरातमा चाेरी भएकाे प्रहरीले बताएकाे छ ।
माेटरसाईकल धनि मिलन केसीले आफ्नाे मामा बिनाेद थापाकाे घरमा माेटरसाईकल राखेर काठमाडौ जानू भएकाे बताईन्छ । माेटरसाईकल चाेरीमा सँलग्नले घरधनिलाई ढाेकामा बाहिरबाट चुकुल लागएर थुनेर माेटर साईकल लगेकाे थापा बताउँछन ।
माेटरसाईकल चाेरीकाे घटना बारे इलाका प्रहरी कार्यालय जाेहाँग खैरेनीमा उजुरि गरिएकाे र खाेजि कार्य भई रहेकाे प्रहरीकाे भनाई छ । पछिल्लाे चरणमा सवारी चाेरीका घटनाहरु भई रहेकाेले सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेकाे छ ।
स्मरण रहाेस, केही महिना अघि सदरमुकाम तम्घास बाट जिप समेत चाेरी भएकाे घटना सार्वजनिक भएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology