Logo

२०८३, आश्विन ११गते


images
images

मगर समुदायको भूमे पर्व सुरू, मुख्यमन्त्री महराले दिए शुभकामना

मगर समुदायको भूमे पर्व सुरू, मुख्यमन्त्री महराले दिए शुभकामना

images
  • मगर समुदायको भूमे पर्व सुरू, मुख्यमन्त्री महराले दिए शुभकामना
    फाइल फोटो
    images
    images

    दाङ । मगर समुदायले परम्परादेखि मनाउँदै आएको भूमे पर्व (भुम्या पर्व) सुरू भएको छ । असार १ गतेदेखि हप्ता दिनसम्म मनाइने यो पर्व परापूर्वकालदेखि प्रकृतिपूजक मगरहरूले मनाउंदै आएका छन् । 

    images
    images
    images

    मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमि पूजा (प्रकृतिको पूजा) गरि भूमे पर्वको शुरुवात गरेको पाइन्छ । अठार मगरात क्षेत्रमा बसोवास गर्ने मगरहरूले हर्षोल्लासका साथ हरेक वर्ष भूमे पर्व मनाउने गर्छन् । 

    images
    images
    images

    भुमेपर्वको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुभकामना सन्देश जारी गरेका छन् । शुभकामना सन्देशमा मुख्यमन्त्री महराले भूमे पर्वले सबै नेपालीहरूमा सकारात्मक सोंचको विकास गरि भ्रातृत्व, एकता, सदभाव र मेलमिलापको वातावरण सृजना गरि देश निर्माणमा टेवा पुराउने विश्वास लिएको जनाएका छन् ।

    images
    images
    images

    "संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको छ ।" सन्देशमा भनिएको छ, "सन्तुलित विकासको अवधारणामा लुम्बिनी प्रदेशवासीहरुको सुखद जीवनस्तर बनाउन प्रदेश सरकारले लिएको “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” को नारालाई साकार पार्न प्रतिवद्ध छौँ ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूमे पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।