Logo

२०८३, आश्विन ११गते


images
images

भूमे पर्वमा सार्वजनिक बिदा दिन मगर समुदायको माग

भूमे पर्वमा सार्वजनिक बिदा दिन मगर समुदायको माग

images
  • सेतोमसी सहकर्मी
  • भूमे पर्वमा सार्वजनिक बिदा दिन मगर समुदायको माग
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरासँग मगर समुदायले भूमे पर्वमा सार्वजनिक बिदा दिन माग गरेको छन् । मुख्यमन्त्री महरासँग मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा भूमे पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने मागसहित आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले माग पत्र बुझाएको हो । 

    images
    images
    images

    मुख्यमन्त्री महराले मगर समुदायको मागप्रति आफू सकारात्मक रहेको र सार्वजनिक बिदाका लागि आवश्यक पहल लिने  बताए । संघका उपाध्यक्ष खगेन्द्र पुन मगरको हस्ताक्षर रहेको पत्रमा असार १ देखि ३ गतेसम्म भूमे पर्व मनाउनका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ ।
     
    रोल्पा र रुकुममा विगत वर्षदेखि भूमे पर्वको अवसरमा असार १ गते सार्वजनिक बिदा दिने प्रचलन रहेकाले मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा पनि बिदा दिनुपर्ने नेपाल मगर संघको माग छ ।
     
    आफ्नै कला, पहिचान, रहनसहन र मौलिक पहिचान बोकेको भूमे पर्वलाई रोल्पा, रुकुम, दाङ र प्यूठान लगायतका जिल्लामा विशेष पर्वको रुपमा मगर समुदायले मनाउने प्रचलन छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूमे पर्व
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।