कृष्ण अन्जान, रुरुक्षेत्र । काेभिड सँक्रमण सँगै रुरुक्षेत्र गाउँपालिका भित्र टाईफाइडका बिरामी बढेकाे पाईएकाे छ । रुरु प्राथमिक स्वास्थ केन्द्रमा दैनिक चार देखि पाँच जना सम्म टाईफाइडका बिरामी अाउने गरेकाे डाक्टर विकास पन्थिले जानकरी दिनु भयाे ।
मुख्यतया टाईफाडका राेगिहरुकाे दिसा पिउने पानीमा मिसिएपछि याे राेग सर्ने गरेकाे पाईएकाे छ भने हाेटलमा बाहिर खुल्ला रुपमा राख्ने गरेकाे अस्वस्थ खानेकुरा र खराब पानीबाट याे राेग लाग्ने गरेकाे रुरु प्राथमिक स्वास्थ केन्द्रका प्रमुख समेत रहनु भएका डाक्टर विकास पन्थीले बताउनु भयाे ।
वर्षायामकाे पानी दुषित हुने हुँदा नउमाली र निर्मली करण नगरीकन पिउँदा उच्च ज्वराे टाईफाइडकाे सँक्रमणकाे डर हुने डाक्टर पन्थीको भनाई छ । पछिल्लो समयमा टाईफाईडका कारण पखाला लागेका बिरामीहरुपनि बढिरहेको पाईएकाे छ ।
के हाे टाईफाईड ?
टाईफाडड ज्वराे लाई enteric fever पानी भनिन्छ । टाईफाईड ग्रिक भाषाकाे टाईफस शब्द बाट आएकाे हाे । यसकाे अर्थ हुन्छ mental clouding हाे र यस्काे आशय मानिसले साेँच्न सक्ने क्षमतामा ह्रास आउनु अथवा कमजोरी आउनु हाे ।
पहिला पहिला ज्वराे आएकाे ३-४ हप्तामा टाईफाइडका कारण मानसिक समस्या आउने गर्थ्याे तर एन्टिबायोटिककाे उपलब्धताले त्यस्ताे अवस्था आजभाेली बिरामीलाई देखा नपरेकाे चिकित्सकहरुकाे भनाई छ । यहि टाईफाइडलाई परम्परागत रुपमा 'कुखत' परेकाे भन्ने चलन छ ।
यसलाई enteric fever भन्नुकाे कारण enteric अथवा intestine आन्द्रामा यस्काे ब्याक्टेरियाले शुरुमा आक्रमण गर्ने हुनाले यसाे भनिएकाे हाे ।
टाईफाईड बनाउने ब्याक्टेरिया २ प्रकारका हुन्छन ।ती हिन salmonella typhoid र salmonella paratyphi यी ब्याक्टेरिया टाईफाईड सँक्रमित बिरामीकाे दिशाबाट पानीमा मिसिएर त्याे पानी हामीले सेवन गर्याैँ भने टाईफाईड सर्ने डाक्टर विकास पन्थीकाे भनाई छ ।
टाईफाईडका लक्षण के हुन ?
मुख्य लक्षणमा ज्वराे दिन प्रतिदिन बढ्दै जान्छ र यसलाई स्टेप लेडर फिभर भनिन्छ । याे विशेष गरि आन्द्राकाे infection भएकाे कारणले पेट दुख्ने, ढुस्स हुने, खान मिठा नहुने, कब्जियत हुने टाईफाइडका लक्षण हुन ।
ज्वराे लामाे समय आईरह्याे भने र एन्टिबायोटिक पर्याप्त मात्रामा पुगेन भने ब्याक्टेरियाले मस्तिष्कमा सँक्रमण गरेर meningitis पनि हुन सक्ने र आन्द्रामा प्वाल पर्न सक्छ र बिरामीकाे ज्यान पनि जान सक्छ ।
टाईफाईडकाे पहिचान भई सकेपछि एन्टिबायोटिक पाँच देखि सात दिन खानु पर्ने हुन्छ ।बिरामीलाई चिल्लाे पिराे अमिलाे माछा मासु खान दिनु हुँदैन । मुख्यतया दालकाे झाेल जाउलाे लगाएतका खानेकुरा र सफा स्वच्छ र निर्मलीकृत पानी पिउन दिनु पर्छ ।
याे वर्षाकाे मौसम हुनाले पानी अत्यधिक प्रदुषित छ । खाेल्सा खाल्सीकाे पानी साेझैँ पँधेरामा मिसिनुका साथै त्यहि पानी बिना निर्मलीकरण नगरी साेझै पानी टंकीबाट घरका धारामा खस्छ । र यस्ताे पानीमा मान्छेकाे मलमुत्रमा पाईने फिकल काेलिफम पनि अत्यधिक हुने हुँदा यस्ताे पानी साेझै नखाई उमालेर खाने हाे भने सँक्रामक राेगबाट वचन सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology