चितवन । भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित सडकमा भएको सवारी दुर्घटनामा मृत्यु भएका किशोरको पहिचान खुलेको छ । मृत्यु हुनेमा प्युठान नौबहिनी गाउँपालिका-३ बस्ने १३ वर्षीय सोयन पुन रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सोमबार बिहान बा.४ ख ९०८६ नम्बरको बस, ना.३ ख ७९१५ नम्बरको ट्रक, ना.७ ख ३२४८ नम्बरको बस र ना.६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाई गए राति दुर्घटना भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology